विराटनगर। प्रदेश १ मा मंगलबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको केचनाकबलका ९ जनामा कोरोना देखिएको हो ।
सोमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसअघि मंगलबार नै सुनसरीको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा इटहरीका १८ वर्षीय युवा र पश्चिम कुशाहमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
(हाम्रो मत अनलाइनबाट)