झापामा थप ५ जनामा कोरोना

  प्रकाशित मिति
३१ जेष्ठ २०७७, शनिबार १५:५३


मेचीनगर । शनिबार झापामा थप ५ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिकाका ३ जना पुरुष, बाह्रदशी गाउँपालिकाका १ जना पुरुष र शिवसताक्षी नगरपालिकाकी एक जना महिलामा कोरोना भाइरसको संक्रमित भेटिएको छ ।

पाँचै जना संक्रमित भारतको दिल्ली र मुम्बईबाट २० दिनअघि काँकरभिट्टा भित्रिएर आफ्नो वडाको क्वारेन्टाइनमा बसेका थिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या १७४ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: