झापामा दुईवटा भन्सार कार्यालय

  प्रकाशित मिति
१३ श्रावण २०७५, आईतवार १७:३६


झापा । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएको छ ।

मेची भन्सार कार्यालयको मातहतमा रहेको सो कार्यालयलाई भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको हो ।

भद्रपुर भन्सार कार्यालय सञ्चालनमा आएसँगै झापामा दुइवटा भन्सार कार्यालय भएको मेची भन्सार कार्यालयका प्रमुख टेकनाथ अर्यालले बताए ।

अर्यालले मेची पुल निर्माणसँगै नेपाल सरकार र भन्सार विभागको पहलमा साउन १ गतेदेखि भद्रपुर भन्सार कार्यालयको स्थापना भएको बताए
उनले कर्मचारी अभावका कारण तत्काल कार्यालय सञ्चालनमा आउन नसकेको बताउँदै भने–‘अहिले मेचीकै मातहतमा चलिरहेको छ, विभागले साउनको अन्तिम साताभित्रमा अधिकृतसहितको कर्मचारी पठाएपछि त्यहाँको सम्पूर्ण काम सिधै विभागसँग जोडिनेछ ।’

छिमेकी मुलुक भारतको विहार र बंगाल राज्यसँग जोडिएको भद्रपुर भन्सारको मातहतमा राजमार्ग दक्षिणमा सञ्चालित छोटी भन्सारहरु केचना, झापा, घेराबारी र पञ्चपाडा रहने मेची भन्सार प्रमुख अर्यालले बताए ।

भद्रपुर नगरपालिकाको स्थापनासँगै वि.सं. २००८ सालमा भद्रपुर भन्सारको स्थापना भएको थियो । झापामा प्रमुख भन्सारको रुपमा रहेको भद्रपुर कार्यालय पूर्व पश्चिम राजमार्ग सुचारु भएसँगै मेची भन्सार कार्यालयको स्थापनापछि छोटी भन्सारको रुपमा परिणत भएको भद्रपुर नगरपालिका वडा नं. ५ का दुर्गा भट्टाराईले बताए । उनका अनुसार वि.सं. २०३९ सालदेखि भद्रपुर भन्सारको गतिविधि मेची भन्सारले नै हेर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: