झापामा दुई लाख बढीले लिए राष्ट्रिय परिचय पत्र

  प्रकाशित मिति
२५ पुष २०७७, शनिबार ०७:४४


झापा, २४ पुस । पन्ध स्थानीय तह मध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचय पत्र वितरण गरिसकेका छन् । कनकाई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचय पत्र लिइसकेका हुन् ।

छ पालिकाकाका दुई लाख २०९ जनाले परिचय पत्र लिइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । दुई बर्ष अघि देखि सुरु गरिएको परिचय पत्र वितरण कार्य कोडिभ– १९ का कारण डेढ महिना प्रभावित भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मेचीनगर र गाउँपालिकाहरुमा पनि परिचय पत्र वितरण सुरु गरेको बताए ।

चार लाख ९० हजार बढीलाई परिचय पत्र वितरण गर्ने उद्देश्य राखेर सुरु गरेको झापामा आधा बढीले लिइसकेको उनले बताए । उनले मोरङ र इलाम जिल्लामा परिचय पत्र वितरणका लागि झापाकै टोली जाने हुँदा तीब्र रुपमा काम भइरहेको बताए ।

उनका अनुसार अर्जुनधारा नगरपालिकामा ३० हजार ८७७, शिवसताक्षीमा ३५ हजार ७७६, भद्रपुरमा २१ हजार ५८७, विर्तामोडमा ३४ हजार ४७१, कनकाई २६ हजार ३४८, दमकमा ३२ हजार ६९९ जनाले परिचय पत्र लिइसकेका छन् ।

“कोरोना महामारीका कारण असर पुग्यो, नत्र सबै पालिकामा यतिबेला परिचय पत्र वितरण गरिसकिन्थ्यो”, उनले भने “पालिकाका वडामा दैनिक छ देखि आठ वटा टोलीले काम गरिरहेको छ चाडै सकिन्छ ।’

छुटेका व्यक्तिहरुले चन्द्रगढीमा रहेको राष्ट्रिय परिचय पत्र व्यवस्थापनको कार्यालयबाट लिन सकिने उहाँले जानकारी दिए । झापापछि टोली मोरङ जाने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: