झापामा निषेधाज्ञा खुकुलो, कोरोना झन बढ्दै

  प्रकाशित मिति
७ श्रावण २०७८, बिहीबार २२:१०


झापा, ७ साउन । झापामा साउन १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको विहीबार बसेको डीसीसीएमसीको बैठकले साउन ८ देखि १४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बैठकले लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका सवारी साधानहरुलाई आवगमनमा रोक नलगाउने निर्णय गरेको छ ।

त्यस्तै पसल तथा बजारहरु साँझ ७ बजेसम्म सञ्चालन गर्ने दिने निर्णय गरेको छ । झापामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको दर तिव्ररुपमा बढ्न थालेको छ ।

आज जिल्लामा एन्टिजेनसहित कोरोना संक्रमित ३०६ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: