झापामा नौ हजार मेट्रिक टन माछा

  प्रकाशित मिति
१५ असार २०७३, बुधबार १४:३९


विर्तामोड । झापामा वार्षिक करिव नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ ।
सरकारले अभियानमुखी मत्स्य कार्यव्रmम तथा माछापोखरी निर्माण विशेष योजना लागू गरेपछि यति धेरै परिमाणमा माछा उत्पादन हुन थालेको हो । जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत भूपनारायण मण्डलका अनुसार झापामा अहिले  प्रतिहेक्टर ३ दशमलव २ मेट्रिक टनका दरले माछा उत्पादन हुने गरेको छ ।

जिल्लाका दमक, भद्रपुर, बैगुनधुरा, शनिअर्जुन, बाहुनडाँगी लगायतका क्षेत्रका १६ सय किसानले करिव २ सय ६० हेक्टर क्षेत्रफलमा माछापालन गरेका छन् । जिल्ला कृषि विकास कार्यालय झापाले जिल्लाका दुईवटा सामुदायिक वनले सुरु गरेको माछापालन व्यवसायको आइतवार अवलोकन गरेको छ ।

धाइजनको कालिका सामुदायिक वनले करिब १८ कट्ठा क्षेत्रफलमा व्यवस्थित पोखरी निर्माण गरी माछापालन गरिरहेको छ । उक्त पोखरीमा ग्रासव्रmाफ्ट, कमल व्रmाफ्ट र रहु जातका ३० हजार माछाका भुरा हालिएको छ । तिन महिना अघि वनको संरक्षणसंँगै माछापालन गरी वनको आयस्रोत बढाउन उक्त कार्यको थालनी गरेको समूहका सदस्य खेमराज राईले बताए ।
त्यस्तै, टोलीले शनिअर्जुन नगरपालिका–७ र ९ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समुहले सुरु गरेको माछापालन पोखरीको पनि अवलोकन गरेको छ । ६ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको माछापोखरीमा ८० हजार माछाको भुरा हालेको समूहका उपाध्यक्ष डम्बर चौधरीले बताए ।

उनका अनुसार नमुना सामुदायिक वनको दिर्घकालीन आम्दानीको स्रोत बनाउन थप ४ हेक्टर क्षेत्रफलमा माछापोखरी निर्माण गरिएको र छिट्टै माछाको भुरा हाल्ने तयारी गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको १२ लाख अनुदान र समुहको आन्तरिक स्रोतबाट माछापालन व्यवसायलाई अघि बढाइएको उनले बताए । सरकारले अभियानमुखी मत्स्य कार्यव्रmम तथा माछापोखरी निर्माण विशेष योजना विस्तार गर्न सके ५– ६ बर्षमा झापा माछामा आत्मनिर्भर हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: