झापामा पहिलोपल्ट ‘सेवाप्रवाह बडापत्र’

  प्रकाशित मिति
२१ असार २०७६, शनिबार ०७:१७


भद्रपुुर । जिल्ला प्रशासन कार्यालय झापाले २१ वटा सरकारी कार्यालयमा सेवाग्राहीले प्रयोग गर्ने विभिन्न निवेदन लगायतका कागजातको नमुना समेटेर पहिलोपल्ट ‘सेवाप्रवाह बडापत्र–२०७५’ प्रकाशित गरेको छ ।

प्रदेश नं. १ का मुख्यसचिव सुरेश अधिकारीले आज जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमविच सो बडापत्रको विमोचन गरे । ४ सय ७ पृष्ठ रहेको बडापत्रमा सरकारी कार्यालयमा प्रयोग हुने निवेदन, सिफारिस, दर्ता लगायतका महत्वपूर्ण कागजातको औपचारिक ढाँचा राखिएको छ ।

बडापत्रमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, भूमिसुधार व्यवस्था कार्यालय, कृषि ज्ञान केन्द्र लगायत स्थानीय गाउँपालिका र नगरपालिकामा सेवाग्राहीका लागि आवश्यक पर्ने निवेदनका सबै नमुना समेटिएको छ ।

प्रदेश नं. १ का मुख्यसचिव अधिकारीले देशभरका सरकारी कार्यालयमा एउटै ढाँचाको निवेदन प्रयोग हुने भएकोले झापा प्रशासनले प्रकाशित गरेको बडापत्र उपयोगी र नागरिकमैत्री भएको बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यो बडापत्र प्रयोग गरेर हरेक नागरिकले बिचौलियाको सहयोगबेगर आफै सरकारी कार्यालयको सेवा प्राप्त गर्न सक्षम हुने विश्वास व्यक्त गर्दै अब सरकारी सेवा लिनका लागि कुनै झन्झट नहुने बताए ।

निवेदन लगायतका सरकारी कागजातको ढाँचा थाहा नहुँुदा विचौलियाले सेवाग्राहीसँग त्यसको नाजायज आर्थिक लाभ लिने गरेको जनगुनासो बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय झापाले सबै सरकारी कार्यालयको निवेदन लगायतको ढाँचा डाउनलोड गर्न सकिने गरी आफ्नो वेबसाइटमा राख्ने तयारी गरिरहेको बडापत्रको सम्पादक मण्डलका सदस्य एवम् सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: