झापामा पहिलो पटक महिलालाई कोरोना

  प्रकाशित मिति
२८ जेष्ठ २०७७, बुधबार १८:४९


।। अर्जुन कार्की ।।

मेचीनगर । झापामा पहिलो पटक महिलालाई कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

झापाको गौरादह नगरपालिका वडा नम्बर ९ की २१ वर्षीया अविवाहित युवतीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको हो ।

बुधबार स्वास्थ्य मन्त्रालयले झापाका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गर्दा ती युवतीको पनि पुष्टि भएको छ ।

५ जनामध्ये ३ जना कनकाई नगरपालिकाका, १ जना मेचीनगरका र १ जना गौरादहकी ती महिला हुन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले उनी भारतको दिल्लीबाट १० दिनअघि काँकरभिट्टाबाट भित्रिएकी बताए ।

उनलाई गौरादह–९ स्थित जनता माविको क्वारेन्टाइनमा राखिएको थियो ।

उनको ५ दिनअघि उक्त क्वारेन्टाइनमा पीसीआर टेष्ट गरिएको फोकल पर्सन चौलागाईले जानकारी दिए ।

योसँगै झापामा संक्रमितको संख्या १५३ पुगेको छ । यस अघिसम्म कोरोना भाइरसका संक्रमितहरु सबै जना पुरुष थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: