झापामा पहिलो साइक्लिङ प्रतियोगिता, टपटेनले पाउनेछन् ३५ हजारसम्म पुरस्कार

  प्रकाशित मिति
३ फाल्गुन २०७७, सोमबार १४:१३


।। बिजय बराल ।।
मेचीनगर, ३ फागुन ।
झापामा पहिलोपल्ट साइकल दौडाउने प्रतियोगिता हुने भएको छ ।

धुलावारीको जेनियम युवा क्लवले यही फागुनमा आयोजना गर्ने प्रतियोगितमा पहिलो हुनेले ३५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।

‘साइकल चलाऔं, स्वस्थ रहौं, पर्यावरण जोगाऔं, आन्तरिक पर्यटन प्रबर्धन गरौं’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगितालाई ‘जेनियम साइक्लिङ च्यालेन्ज २०२१’ नाम दिइएको छ ।

आज विर्तामोडमा पत्रकार सम्मेलन गरी आयोजक क्वलका अध्यक्ष धनराज थापाले प्रतियोगिताका बारेमा जानकारी दिए ।

२०० सहभागी रहने यसमा प्रतियोगीले ४० किलोमिटर साइकल यात्रा गर्नुपर्नेछ भने यात्राका क्रममा साइकल, हेल्मेट, ड्रेस, स्पोर्टस् सुज, सनग्लास आफै व्यवस्था गर्नुपर्नेछ ।

साइकल यात्रा धुलावारीबाट सुरु हुने र शान्तिनगर, बहबन, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, काँकरभिट्टा, इटाभट्टा हुँदै फेरि धुलावारीमा आएर समापन हुने थापाले बताए ।

मेचीनगरको वडा नं. ९ र १० मुख्य प्रायोजक रहेको र विद्यालय, हस्पिटल लगायत विभिन्न व्यापारिक घरानाले पनि प्रायोजनका लागि चासो देखाइरहेको संस्थाका सचिव रोजेश प्रसाईले बताए ।

प्रतियोगितमा दोस्रो हुनेले ३० हजार, तेसे हुनेले २० हजार, चौथो हुनेले ३ हजार, पाँचौं हुनेले २ हजार र छैठौंदेखि दशौंसम्मलाई एक हजार रुपैयाँ पुरस्कार दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: