झापामा बयालिस हजार हेक्टरमा सिँचाइ

  प्रकाशित मिति
२४ बैशाख २०७३, शुक्रबार ०७:४५


sinchai
भद्रपुर । झापामा कुल एक लाख ५६ हजार खेतीयोग्य जमिन मध्ये ४२ हजार हेक्टर जग्गामा मात्र सिँचाइ सुविधा पुगेको छ ।
खेतीयोग्य तथा उर्वरायुक्त यतिधेरै जग्गा भएर पनि किसानले सिँचाइको असुविधाका कारण बालीनाली लगाउन सकेका छैनन् । किसानले एक लाख नौ हजार ५३० हेक्टरमा मात्र खेती गर्ने गरेका छन् भने बाँकी जग्गा बाझो रहने गरेको छ । सिँचाइ सुविधा नहुँदा अकासे पानी, कुलो, पैनी तथा बोरिङको भर पर्नु परेको छ ।

सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार सबै भन्दा पुरानो कन्काई सिँचाइ आयोजनाबाट सात हजार हेक्टर, रु २४ करोड लागतमा निर्माण भएको सिद्धी खोला सिँचाइ आयोजनबाट एक हजार ७००, मझौला सिँचाइ आयोजनाअन्तर्गत गौरिया ंिसँचाइ आयोजनाबाट ४००, कप्तानेजङ्ग समूह पैनी सिँचाइ आयोजनाबाट २२०, कपिलमुनी सिँचाइ आयोजनाबाट २४५ र जनजागृती सिँचाइ आयोजनाबाट ८०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ ।

किसानको माग अनुसार यस वर्ष भुलुङ खोला सिँचाइ आयोजनाबाट ४०० हेक्टर, सानो माई सिँचाइ आयोजनाबाट २५० र हडिया त्रिवेणी सिँचाइ आयोजनाबाट १८५ हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले विभागबाट योजना स्वीकृत भई काम थालनी हुने अवस्थामा पुगेको डिभिजन प्रमुख इश्वरी तिवारीले जानकारी दिए ।

यस्तै साधुटार, सिस्ने नेते सिँचाइ आयोजनाबाट ३५५ हेक्टर र मावा ढुङ्गे पैनी सिँचाइ अयोजनाबाट २०८ हेक्टर जग्गामा सिँचाइ गर्ने योजना ठप्प अवस्थामा छ । रु १८ करोडको लागतमा ९०० हेक्टर जग्गा सिँचाइ गर्ने उद्देश्यका साथ सुरु भएको किस्ने खोला सिँचाइ आयोजनाको आधा काम सम्पन्न भएको तिवारीले बताए ।

जिल्लामा भूमिगत जल सिँचाइ आयोजना विराटनगर र सानो सिँचाइ आयोजनाअन्तर्गत कृषि विकास कार्यालयले काम गरिरहेको छ । कन्काई उच्च बाँध निर्माण भए ६७ हजार ५०० हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउन सकिने छ भने ९० मेगावाट बिजुली समेत उत्पादन गर्न सकिने अवस्था छ ।

उक्त बाँधको अहिलेसम्ममा पाँच पटक सर्भे भइसकेको भएपनि काम अगाडि बढ्न सकेको छैन । सन् १९९९ मा सर्भे हुँदा उक्त आयोजनाको लागत अनुमान रु २४ अर्ब रहेको थियो । जिल्लामा गत आवमा कुल ११ लाख ४२ हजार ३११ मेट्रिक टन खाद्यान्न उत्पादन भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: