झापामा बर्षाका कारण ११ जनाको मृत्यु

  प्रकाशित मिति
३० श्रावण २०७४, सोमबार १९:०९


झापा । झापामा तीनसम्म परेकोे अविरल बर्षाका कारण ११ जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेहरुमा झापा गाउँपालिकाका सबैभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता हरि शर्माले बताए ।

उनका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका–२ की ३५ बर्षीया धनमाया घोर्साने, झापा गापा–७ की कमला दलार्मी र उनकी नाबालिका छोरी खुशी दर्लामी, सोही गापाका वडा नम्बर –२ मा फेला परेका नाम थर खुलेका अन्दाजी ६० बर्षीय एक बृद्ध र पहिचान नुखुलेका एक युवा, झापा गापा–४ का कुल्सन खातुन रहेका छन् ।

त्यसैगरी, शिवतासक्षी नगरपालिका –१ का ३८ बर्षीय विजय पाण्डे, कचनकवल गाउँपालिकाका –३ का २२ बर्षीय राम राजवंशी, दमक नगरपालिका–५ का २६ बर्षीय तपोष मण्डल, हल्दिबारी गाउँपालिका–१ का चम्पामणि सतार, कमल गाउँपालिका वडा नम्बर –५ का दिवस राई रहेको प्रवक्ता शर्माले बताए । उनका अनुसार बाढीबाट झापामा ४ जना वेपत्ता भएका छन् ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले वेपत्ताको खोजीकार्य तीब्र रुपमा भइरहेको बताए । बाढीका कारण २ हजार १९ परिवार प्रभावित, १ हजार ८९६ परिवार विस्थापित र १२ वटा पूर्ण रुपमा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: