झापामा बाल कुपोषण १.८२ प्रतिशत

  प्रकाशित मिति
२६ असार २०७४, सोमबार १३:२८


kuposan-art-586f15db8ab660.71987360

भद्रपुर । जिल्ला खाद्य सुरक्षा सञ्जाल र जिल्ला कृषि विकास समितिको संयुक्त बैठक आज जिल्ला प्रशासन कार्यालय, झापाको सभाहलमा सम्पन्न भएको छ ।

बैठकमा जिल्ला खाद्य सुरक्षासम्बन्धी प्रतिवेदन कृषि विकास कार्यालयका योजना अधिकृत शीतल भट्टराई र जिल्ला कृषि विकास कार्यालयको चालु आवको प्रतिवेदन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले प्रस्तुत गरेका थिए ।

खाद्य सुरक्षाको प्रतिवेदनमा झापामा ९२ प्रतिशत जनता खाद्यमा सुरक्षित रहेको, ८० प्रतिशत घरधुरीमा चार महिना पुग्ने खाद्यान्न सञ्चित रहेको, चालु आवको तेश्रो चौमासिकमा रु ८५० करोड तरकारी, फलफूल र कृषि उपजबाट आम्दानी भएको, पशुपालन व्यवसायबाट रु २१९ करोड आम्दानी भएको र बाल कुपोषण यस जिल्लामा एक दशमलव ८२ प्रतिशतमात्र रहेको उल्लेख छ ।

सोही प्रतिवेदनमा चैतेधानको खेती गएको वर्षभन्दा सात प्रतिशतले बढेको, बगरखेतीबाट एक हजार ८१५ मेट्रिक टन खरबुजा र काँक्रा उत्पादन भएको तथा हावाहुरीबाट कृषि क्षेत्रमा रु चार करोडको नोक्सानी भएको उल्लेख छ ।

यसैगरी, कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदनमा सरकारले यस कार्यालयलाई रु १४ करोड ७२ लाख उपलब्ध गराएकोमा ९२ प्रतिशत कार्य प्रगति भएको र विनियोजित रकम १३ वटा शीर्षकमा खर्च भएको तथा प्राकृतिक प्रकोपबाट भएको क्षतिमा रु सात लाख बराबरको राहत वितरण गरेको जनाइएको छ

सो अवसरमा प्रमुख जिल्ला अधिकारी उत्तरकुरमार खत्रीले सही काम गर्नुस् र सही काम गर्दा जुनसुकै बेला जस्तो पनि सहयोग गर्न स्थानीय प्रशासन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: