झापामा मंसिर २९ गते कांग्रेसको मोटरसाइकल र्याली

  प्रकाशित मिति
२१ मंसिर २०७७, आईतवार १७:४५


झापा, २१ मंसिर । नेपाली कांग्रेस झापाले यही मंसिर २९ गते झापामा मोटरसाइकल र्याली गर्ने निर्णय गरेको छ ।

पार्टीको जिल्ला कार्य समितिको आज विर्तामोडमा बसेको बैठकले केही दिन अघि तनहुँमा वर्त्तमान सरकारले वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार र दूव्र्यवहार गरेको घटनाको विरोधमा र्याली र सभा गर्ने निर्णय गरेको पार्टीका एक पदाधिकारीले बताए ।

मोटरसाइकल र्यालीको रुट तय नभइसकेको र विरोध सभाको स्थान मुक्ति चोक हुने कांगेस पदाधिकारीले बताए ।

बैठकले नेकपा सरकारको जनविरोधी गतिविधि र भ्रष्टाचारविरुद्ध झापामा आयोजना हुने विरोध र्याली र सभालाई भब्य र वृहत बनाउन पार्टीका कार्यकर्ता, शुभेच्छुक र भ्रातृ संगठनहरुलाई सशक्त रुपमा परिचालन गर्ने उनले जानकारी दिए ।

देशब्यापी रुपमा सरकारको विरोधलाई आन्दोलनमा रुपमा कांग्रेसले लैजाने भएको छ । सो दिन देशका सतहत्तरै जिल्लामा विरोध प्रदर्शन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: