झापामा मतदानस्थल छ थपिए, सात हटाइए

  प्रकाशित मिति
१९ श्रावण २०७९, बिहीबार २०:१९


झापा, १९ साउन । झापामा आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनका लागि छ वटा मतदानस्थल थप गरिएको छ भने सात वटा हटाइएर २८५ वटा मतदानस्थल कायम गरेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार घेराबारा नभएका, मतदातालाई अपायक परेका, भवन जिर्ण र प्रयोग गर्न नसकिने अवस्थाका, विद्यालय खारेज भई भवन जिर्ण भएका विगतका मतदानस्थलहरु हटाइएको हो । जसमध्ये तीन वटाका नाम समेत परिवर्तन गरिएको छ ।

जिल्ला मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले सिफारिस गरेको आधारमा मतदान स्थल परिवर्तन, नयाँ थप्ने र हटाउने कार्य गरेको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेले बताए ।

उनका अनुसार समितिले गौरादह नगरपालिकाको अमर माध्यमिक विद्यालयको मतदानस्थललाई हटाएर गौरादह कृषि क्याम्पस, प्रगति मावि ग्वालडुब्बालाई खारेज गरी बैराती अमाविलाई मतदानस्थल तोकेको छ ।

विर्तामोड नगरपालिकाको विद्युत प्राधिकरण शाखा कार्यालय विर्ताबजारलाई खारेज गरी पशुपंक्षी तथा मत्स्य विकास केन्द्रलाई, अर्जुनधारा नगरपालिको सिंहदेवी प्रावि सेतोपानीलाई खारेज गरी वडा नम्बर १० को कार्यालयलाई, बाह्रदशीको हिमाली बालविकास केन्द्र खारेज गरी डाँगीबारी स्वास्थ्य चौकी र हल्दिबारीको भानु आवि नुनथला खारेज गरी सरस्वती मावि कोचाटोलीलाई मतदानस्थल तोकिएको उनले जानकारी दिए ।

उनका अनुसार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको नेतृत्वमा भएको समितिले जिल्लाका सबै मतदानस्थलहरुको अनुगमन गरी आगामी निर्वाचनलाई भयरहित, सुरक्षित र व्यवस्थित बनाउनका लागि सो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: