झापामा मतदान शान्तिपूर्ण

  प्रकाशित मिति
१४ असार २०७४, बुधबार १७:५४


mami मेचीनगर । झापाको १५ वटै स्थानीय तहमा शान्तिपूर्वक मतदान कार्य सम्पन्न भएको छ । जिल्लामा ८ नगरपालिका र ७ गाउँपालिका छन् । सबै तहमा बुधवार मतदान भएको हो ।

झापामा ५ लाख १० हजार २ सय १६ मतदाता छन् भने २ सय ८३ मतदान स्थलमा ६ सय ३७ मतदान केन्द्र निर्धारण गरिएको थियो । सबै तहमा कुनै वाधा व्यवधानविना मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेले जानकारी दिए ।

सबैभन्दा बढी मेचीनगरमा ७२ हजार ७ सय ९४ र सबैभन्दा कम हल्दिबारी गाउँपालिकामा १८ हजार ८ सय ९२ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।

गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुको पदमा निर्वाचन भएको छ भने नगरपालिकामा प्रमुख, उपप्रमुख र सदस्यहरुको पदमा निर्वाचन भएको हो ।

कूल ७ सय २३ जना जनप्रतिनिधि चुन्नका भएको निर्वाचनमा ३ हजार ३ सय ४० जना उम्मेद्वार मैदानमा उठेका छन् । चुनाव सम्पन्न गर्न सुरक्षाकर्मी, कर्मचारी र स्वयम्सेवक ठूलो मात्रामा परिचालन गरिएका थिए ।

matadan

विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोके पनि विहान ६ बजेदेखि नै झापामा मुसलधारे वर्षा सुरु भएको थियो । तर १० बजेपछि विस्तारै बादल हटेर आकाश उघ्रिनुका साथै घाम लागेको थियो ।

बर्षाका कारण मतदाताहरु केही ढिलोगरी मतदान केन्द्रमा आएका थिए भने अपराह्न ५ बज्नु अगावै अधिकांश केन्द्रमा मतदान सकिएको थियो ।
मतदान सकिए लगत्तै सम्बन्धित मतदान केन्द्रका अधिकृतले मतपेटिकालाई लाहाछाप लगाएर निर्वाचन अधिकृतको कार्यालय पठाएका थिए ।
…………………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: