झापामा मृगौला रोगी बढ्दै

  प्रकाशित मिति
३१ बैशाख २०७३, शुक्रबार १०:३५


mrigaula

झापा । झापामा बर्षेनी मृगौलाका नयाँ रोगी थपिने व्रmम बढ्दै गएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक बर्ष २०७२÷०७३ को बैशाख ३० गतेसम्ममा ५२ जना मृगौलाका नयाँ रोगी थपिएका छन् ।

कार्यालयका तथ्यांक अनुसार झापामा २०६६ साल यता मात्र ३२७ जना मृगौलाका रोगी रहेका छन् ।

जसमा आर्थिक बर्ष २०६६÷६७ मा ३४ जना, २०६७÷०६८मा ४८ जना, २०६८÷०६९ मा ३६, २०६९÷०७० ४० जना, २०७९÷०७१ मा ५२ जना, २०७१÷०७२ मा ६५ जना, र चालु आर्थिक बर्षको बैशाख ३० गतेसम्ममा ५२ जना मृगौलाका रोगी फेला परेका छन् ।

कार्यालय प्रमुख चन्द्रदेव मेहताका अनुसार झापामा पछिल्लो समय मृगौलाको रोगी थपिने व्रmम बढ्नु चुनौतिको विषय रहेका बताए ।
उनले डाक्टरका सल्लाह विना कुनै पनि औषधि समेत नखान मृगौला रोगीहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: