झापामा मृत्यु हुनेको संख्या १०० पुग्यो, संक्रमित ३५६६ जना

  प्रकाशित मिति
१० मंसिर २०७७, बुधबार १९:१०


 

आज मृत्यु १, संक्रमित ९४

मेचीनगर, १० मंसिर । झापामा आज ९४ जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएकामध्ये १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १३ वटा पालिकामा ४१ महिला र ५३ जना पुरुषसहित ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिकामा ५ महिलासहित ११ जना, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, बिर्तामोड नगरपालिकामा १ महिलासहित ५ जना, भद्रपुर नगरपालिकामा १३ महिलासहित २२ जना, अर्जुनधारा नगरपालिकामा २ महिलासहित ५ जना, कनकाई नगरपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, बुद्वशान्ति गाउँपालिकामा १ महिलासहित २ जना, हल्दीबारी गाउँपालिकामा ३ जना पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिलासहित ३ जना, बाह्रदशी गाउँपालिकामा १ जना पुरुष, गौरादह नगरपालिकामा १ महिलासहित २ जना, झापा गाउँपालिकामा १४ महिलासहित ३४ जना, गौरीगञ्ज गाउँपालिकामा १ जना पुरुष र पालिका नखुलेको १ महिलासहित २ जना संक्रमित रहेको उनले जानकारी दिए । त्यसमध्ये पालिका नखुलेकोमा १ जना मोरङ र १ जनाको ठेगाना थाहा नभएको । संक्रमित सबै जना स्थानीय हुन् ।

त्यस्तै आज मृत्यु हुनेमा १ महिला जना छन् । भद्रपुर–७ का ६५ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३२ हजार ६०१ स्वाब संकलन गरिएका मध्ये ३ हजार ५६६ जना संक्रमित छन् । जिल्लामा हालसम्म १०० जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित १ हजार ११६ र निको भएर घर फर्किएका २ हजार ३५० रहेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: