झापामा राष्ट्रपति कप सुरु

  प्रकाशित मिति
२२ फाल्गुन २०७३, आईतवार १९:२३


काँकरभिट्टा । नवौँ झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता आइतवारबाट सुरु भएको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले गरेका थिए ।

उद्घाटन समारोहमा झापाका ४ जना पत्रकारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्तिपुर दैनिकका झापा सम्वाददाता पर्वत पोर्तेल लोकतन्त्र पोष्टका सहसम्पादक देबु बानियाँ, पूर्वाञ्चल दैनिकका सम्वादाता पार्थ मण्डल र हिमशिखर टेलिभिजनका समाचार सम्पादक गोपाल झापाली रहेका छन् । उनीहरूलाई नगद, खेलकुद ट्रयाक र सम्मान पत्रसहित सम्मान गरिएको हो । झापामा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका पत्रकारलाई सम्मान गरिएको हो ।

सोही अवसरमा इष्ट होराइजन माविलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी, प्रतियोगितालाई सफल बनाउन योगदान गर्ने ७ वटा निर्वाचन क्षेत्रका क्षेत्रीय संयोजक, सचिवलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा विव्रmम भेटवाल, तुलसीप्रसाद निरौला, विजय ओली, काजी गुरुङ, कुमार र्काी, कृष्ण पाठक, कोषराज प्याकुरेललगायत रहेका छन् ।

हजारौँ विद्यार्थीहरूको मार्चपासबाट उद्घाटन गरिएको प्रतियोगितामा बालकल्याण माविको चण्डि नृत्य, च्याबु्रङ नृत्य, इष्ट होराइजनको मारुनी नृत्य प्रस्तुत गरिएको थियो । साथै विभिन्न झाँकीको समेत प्रदर्शनी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: