झापामा रेडप्लस परियोजना सञ्चालन गर्न माग

  प्रकाशित मिति
२७ पुष २०७६, आईतवार २०:४९


भद्रपुर । जलबायु परिवर्तन, रेडप्लस र बन ऐन सम्बन्धी झापामा पहिलोपटक अन्तरक्रिया गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा आइतबार भएको कार्यक्रममा वन ऐन २०७६ र रेडप्लसका बारेमा अधिवक्ता पदमबहादुर श्रेष्ठले जानकारी दिए ।

उनले जलबायु सम्बन्धी सरकारले ऐन नबनाएको हुँदा अहिलेसम्म किसानले क्षतिपूर्ति पाउन नसकेको बताए । जलबायुको असर सबैभन्दा बढी कृषिमा परेको उनको भनाई छ ।

नेपालका १२ जिल्लामा रेडप्लस परियोजना सञ्चालन भइरहेको जानकारी दिँदै उनले झापामा पनि सो कार्यक्रम ल्याउन पहल गर्नुपर्ने बताए । वन विनास रोक्न, विग्रिएका वनलाई गुणस्तरीय बनाउन र कार्वन उत्सर्जनका लागि रेडप्लस आवश्यक रहेको उनको धारणा छ ।

वनको दीगो व्यवस्थापन एवम् वन कार्वन संरक्षण तथा अभिवृद्धिलाई रेडप्लसका नाम दिएको नेपाल बार एशोसिएसन झापाकी सदस्य अधिवक्ता हेमकला कट्टेलले बताइन् । उनले नेपाल सरकारले रेड यूनिट गठन गरेर वनबाट हुने सबैखाले फाइदाहरुमा स्थानीय जनसमुदायलाई समान लाभांस वितरण गरिनु पर्ने आवाज उठिरहेको बताइन् ।

कार्यक्रममा मेची सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजन राईले झापाका सामुदायिक, कबुलियत र रतुवामाई बृक्षारोपणको अवस्था बारेमा जानकारी दिएका थिए ।

नेपाल बार एशोसिएन झापाका अध्यक्ष लेखनाथ निरौलाले वन ऐन २०७६ र रेडप्लसका बारेमा सामुदायिक वन उपभोक्ता महासंघसँग मिलेर सम्पूर्ण सामुदायिक वन र उपभोक्तासम्म जानकारी दिने बताए । कार्यक्रममा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समिमितका अध्यक्ष हिरा थापाले वन ऐन २०७६ प्रदेश र स्थानीय तहको कानुनसँग बाँझिने गरी आएको भन्दै संशोधन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, अधिवक्ता कविता शर्मा, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: