झापामा विहीबार १२ जना संक्रमित थपिए

  प्रकाशित मिति
२५ भाद्र २०७७, बिहीबार १७:०३


मेचीनगर । झापामा आज ६ वर्षकादेखि ५५ वर्ष उमेरसम्मका १२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का ६, ९, २८, ३८ र ३९ वर्षका २ जना महिला र ३ जना पुरुष, कमल गाउँपालिका–६ नम्बर वडाका २५ र ५५ वर्षका २ जना पुरुष, बाह्रदशी गाउँपालिका–५ नम्बर वडाका १४ र २० वर्षका २ जना पुरुष छन् ।

त्यस्तै भद्रपुर नगरपालिका–२ नम्बर वडाका २८ र ४७ वर्षीय २ जना पुरुष र दमक नगरपालिका–१० नम्बर वडाका २० वर्षीया १ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको उनले बताए ।

संक्रमित भद्रपुर र दमक नगरपालिकाका भारतबाट आएका थिए भने अरु पालिकाका सबै स्थानीय रहेको चौलागाईले जानकारी दिए ।

बाह्रदशीका १ जना संक्रमित कनकाईका स्थानीय हुन् भने भद्रपुरका २ जनामध्ये १ जना हेटौडा र अर्का मुगु जिल्लाका स्थानीय रहेको जनाईएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ७१३ पुगेको छ भने निको भएर घर फर्किएका ५२५ जना छन् ।

हालसम्म २२ हजार ८१३ जनाको पीसीआर गरिएको छ भने १८५ जना सकृय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: