झापामा शनिबारदेखि सवारी पास बन्द गर्ने तयारी

  प्रकाशित मिति
१ जेष्ठ २०७७, बिहीबार १९:२३


मेचीनगर । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको निर्देशन आउने वित्तिकै जिल्लामा सवारी सञ्चालन गर्न दिइएको पास तुरुन्त बन्द गरिने बताएका छन् ।

गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास खारेज गर्ने निर्णय गरेसँगै निर्देशन आउने वित्तिकै पास बन्द गरिने सिडिओ रानाले बताएका हुन् ।

गृहमा विहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौँ ।’

यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास विहीबारबाट खारेज गरिसकेको छ ।

सवारी पास लिएर हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको अधिकारीहरु बताउँछन् ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय भएको भन्ने सुन्नमा आएको छ ।

‘माथिको आदेशबारे जानकारी लिने प्रयास गरिरहेको छु’, सिडिओ रानाले भने–‘यदि त्यस्तो हो भने जेठ ३ गतेदेखि नै झापामा सवारी सञ्चालन गर्न दिइएको पास बन्द गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: