झापामा शुक्रबार १४ जना संक्रमित थपिए

  प्रकाशित मिति
२६ भाद्र २०७७, शुक्रबार १६:०८


मेचीनगर । झापामा आज १४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर ५ का १ महिला र १ जना पुरुष, मेचीनगरपालिका–२ र १० का २ महिला र १ जना पुरुष तथा दमक नगरपालिका–२, ७ र ९ का ६ महिला र ३ जना पुरुष छन् ।

संक्रमित १४ जनामध्ये २ जना भारतबाट आएका हुन् भने अरु सबै स्थानीय रहेको उनले बताए । उनीहरु ७ वर्ष उमेरदेखिका ७४ वर्षसम्मका छन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ७२५ पुगेको छ भने निको भएर घर फर्किएका ५२५ जना छन् ।

हालसम्म २२ हजार ८१२ जनाको पीसीआर गरिएको छ भने १९७ जना सकृय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: