धाइजनमोडमा आगामी वैशाख पहिलो सातादेखि सञ्चालन हुने तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिताको तयारी थालिएको हो । नेपाल भलिवल सङ्घ र बिहानी बचत तथा ऋण सहकारी संस्थाले मङ्गलवार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको छ ।
कार्यव्रmममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले पूर्वमा तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिताको आयोजना हुनु खुसीको कुरा भएको बताउँदै सबैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।
यसअघि लिग चरणको पहिलो र दोश्रो भलिवल प्रतियोगिता उपत्यकामा भएको थियो । लिग चरणको तेस्रो भलिबल प्रतियोगिता उपत्यका बाहिर पहिलो पटक झापाको धाइजनमोडमा आयोजना गर्न लागिएको नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य लेखनाथ पराजुलीले जानकारी दिए ।
यो भलिबल प्रतियोगिताको पुरस्कारको राशी देशकै पहिलो तथा सर्वाधिक हो । पहिलो पुरस्कार दुहागढी–६ का नरेन्द्र मेचे गछामले प्रदान गर्ने घोषणा गरेको समेत बताइएको छ । प्रथम पुरस्कारको राशी नगद ३ लाख १५ हजार तथा शिल्ड ट्रफी तथा प्रमाणपत्र रहेको छ ।
त्यसैगरी दोस्रो पुरस्कार १ लाख ७५ हजार रुपैयाँ रहेको छ । तेस्रो पुरस्कार १ लाख १० हजार रुपैयाँ रहेको खेल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण रिजालले बताए ।
प्रतियोगितामा पाँच विकास क्षेत्रमध्येबाट ३ वटा टीम साथै नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, तथा जाउलाखेल भलिवल क्लबको गरी ८ वटा टीमले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि २१ लाख रुपैयाँ लाग्ने आयोजक समितिका कोषाध्यक्ष विष्णु प्रसाईंले जानकारी दिए । आर्थिक सहयोग सङ्कलनका लागि दिपेश राईको संयोजकत्वमा आर्थिक समिति समेत गठन गरिएको छ । प्रतियोगिताका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा १२ वटा विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।
पर्यटकीय गन्तव्यको क्षेत्र मानिने पूर्वको झापामा सबै ठाउँका खेलाडी र रेफ्रीलाई पर्यटकको रुपमा अवलोकन गराउने उद्देश्य समेत रहेको आयोजक समितिका महासचिव नरेश मोहराले जानकारी दिए ।
कार्यव्रmममा दुहागढी गाविसका सचिव कविन्द्रविव्रmम नेम्वाङ, धाइजन गाविसका सचिव सुदर्शन बरालले बोलेका थिए । खेललाई मर्यादित ढङ्गले सम्पन्न गर्न सुरेन्द्र खतिवडाको संयोजकत्वमा पाँच सदस्यीय खेलाडी व्यवस्थापन समिति, रुद्र रिजालको संयोजकत्वमा ७ सदस्यीय यातायात व्यवस्थापन समिति चयन गरिएको छ ।
त्यसैगरी श्याम लिम्बूको संयोजकत्वमा ७ सदस्यीय स्वयम्सेवक परिचालन उपसमिति, सोविलाल मेचेको संयोजकत्वमा ७ सदस्यीय प्रचारप्रसार उपसमिति, प्रकाश उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय मिडिया तथा जनसम्पर्क उपसमिति, विपीन प्रसाईंको संयोजकत्वमा पाँच सदस्यीय खानपिन व्यवस्थापन उपसमिति, सविना बजगार्इंको संयोजकत्वमा ७ सदस्यीय स्वागत तथा सम्मान व्यवस्थापन उपसमिति, शान्तिराम चिमरियाको संयोजकत्वमा सांस्कृतिक व्यवस्थापन उपसमिति, विनोद अधिकारीको संयोजकत्वमा खेल मैदान तथा स्टेज व्यवस्थापन उपसमिति, श्री चौधरीको संयोजकत्वमा स्वास्थ्य उपचार व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
त्यस्तै, दुहागढी र धाइजन गाविसका सचिव, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, सङ्घसंस्थाका अध्यक्ष रहने गरी १ सय १ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।