झापामा सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया

  प्रकाशित मिति
३ पुष २०७७, शुक्रबार १९:३९


भद्रपुर, ३ पुस । २१औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आज झापामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सचेतनामूलक अन्तरक्रिया सम्पन्न भएको छ ।

जिल्लामा सुरक्षित आप्रवासन (सामी) परियोजना सञ्चालन भइरहेको भद्रपुर नगरपालिकामा जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिबीच अन्तरक्रिया गरिएको हो ।

हेल्भेटास नेपालको प्राविधिक सहयोगमा झापामा परियोजना सहजीकरण गरिरहेको साझेदार संस्था विराट सामुदायिक अध्ययन केन्द्रको आयोजना र भद्रपुर नगरपालिकाको व्यवस्थापनमा सञ्चालित अन्तरक्रियामा झापाको वैदेशिक रोजगारको अवस्था, समाजमा यसले पारेका सकारात्मक तथा नकारात्मक प्रभाव, वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि सरकारीस्तरमा उपलब्ध गराइने शीप तालिम तथा परामर्श सेवाका कार्यक्रम बारे परियोजनाका कार्यक्रम संयोजक फणिन्द्र दाहालले जानकारी गराएका थिए ।

उनका अनुसार यसै आर्थिक वर्षको पाँच महिनामा लगभग २ हजार जनालाई परामर्श प्रदान गरिएको, वैदेशिक रोजगारसम्बन्धी केही ठगीका मुद्दा समाधान गरिएको, २० जनाभन्दा बढीलाई शीप तालिमका लागि सिफारिश गरिएको छ ।

झापामा भद्रपुर, मेचीनगर र दमक नगरपालिका तथा गौरीगञ्ज गाउँपालिकामा सामी परियोजना सञ्चालन भइरहेको विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम निर्देशक रुद्र सिटौलाले बताए ।

भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: