झापामा स्वास्थ्य महोत्सव सुरु

  प्रकाशित मिति
८ माघ २०७३, शनिबार १२:३१


mahasaw5724274324002124581-account_id=1

मेचीनगर । नेपाली काङ्ग्रेसको आयोजनामा आजदेखि झापाको मेचीनगरमा प्रथम स्वास्थ्य महोत्सव सुरु भएको छ ।

माघ ८ देखि १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा २५ हजार जनालाई निःशुल्क उपचार सेवा पुर्याउने आयोजकको लक्ष्य रहेको छ ।

राष्ट्रिय धुन बजाएर महोत्सवको उद्घाटन गरिएको छ । पहिलो दिन ज्येष्ठ नागरिकका लागि विशेष उपचारका प्रदान गरिने भएको हुँदा विहानैदेखि स्वास्थ्योपचारका लागि सयौँको सङ्ख्यामा वृद्धवृद्धाहरु महोत्सवस्थलमा लाम लागेका छन् ।

काठमाडौँ, पोखरा, विराटनगर, धरान, भद्रपुर, विर्तामोड र मेचीनगरका २५ वटा अस्पतालबाट आएका विशेषज्ञ डाक्टरहरूले महोत्सवमा निःशुल्क उपचार सेवा प्रदान गर्ने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिए ।

आज अपरान्ह महोत्सवमा पूर्व सांसद शान्ता चौधरीसहितको सहभागितामा ‘रोग ः अनुभव र अनुभूति’ विषयक प्यानल डिस्कसन कार्यक्रमको समेत आयोजना हँुदैछ ।

प्यानल डिस्कसनमा नेविसङ्घका नेता उमेशजङग रायमाझी, समाजसेवी अरुण बुढाथोकी, नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सचिव भक्ति सिटौला र डा. रमेश कँडेलले भाग लिने भएका छन् ।
महोत्सवस्थलमा सेवाग्राहीको भीड बढेकोले आयोजकले व्यवस्थापनका लागि स्वयम्सेवकको रुपमा तरुण दलका कार्यकर्ता परिचालन गरेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सघाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: