झापामा १३१ को मृत्यु, ४५०० संक्रमित

  प्रकाशित मिति
१४ पुष २०७७, मंगलवार १७:२४


आज २ जना संक्रमित

मेचीनगर, १४ पुस । झापामा आज २ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार मङ्गलबार जिल्लाका एउटा पालिकामा १ जना महिला र १ जना पुरुष गरी जम्मा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मेचीनगर नगरपालिका वडा नम्बर ७ र ८ का १ जना महिला र १ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

झापामा हालसम्म ३५ हजार २९४ जनाको स्वाब संकलन गरेको मध्ये ४ हजार ५०० जना संक्रमित छन् । जिल्लामा हालसम्म १३१ जनाको मृत्यु भइसकेको छ भने निको भएर घर फर्किने ४ हजार १८४ जना रहेको चौलागाईले बताए ।

अहिलेसम्म आइसोलेसनमा रहेका सकृय संक्रमित १८५ र होम आइसोलेसनमा १७९ जना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: