झापा, २१ फागुन । जिल्ला जन स्वास्थ्य कार्यालय झापाले दोस्रो चौमासिक कायव्रmम अन्तगरत ७ लाख ३३ हजार २८५ जनालाई हात्ती पाइलेको औषधि खुवाउने जनाएको छ ।
आज झापाको विर्तामोडमा पत्रकारहरुसँग अन्तव्रिmया कार्यव्रmमको आयोजना गरी देशव्यापी अभियान अनुसार झापामा यही फागुन २९, ३० र चैत १ गते राष्ट्रिय हात्ती पाइले रोग निवारण कार्यव्रmम सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय झापाले जनाएको हो ।
जिल्लामा ३ हजार ७४९ जना स्वयम्सेविका र ३८४ जना स्वास्थ्यकर्मी खटाइ हात्ती पाइलेको औषधि खुवाउने जनस्वास्थ्य कार्यालयका प्रमुख चन्ददेव मेहताले बताए ।
उहाँका अनुसार झापामा हात्ती पाइलेका १ हजार ४९९ जना रोगी रहेका छन् । यो औषधि २ बर्ष मुनि र ७० बर्षमाथि नकाटेका मानिसलाई खुवाइने कार्यालय प्रमुख मेहताले बताए ।