भद्रपुर, १५ जेठ । झापाको कचनकवल गाउँपालिकामा आज मात्र थप २५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७९ पुगेको छ ।
जिल्लामा सबैभन्दा बढी कचनकवल गाउँपालिकामा मात्र ७५ जनामा कोरोना पुष्टि भएको छ । आज देखिएका २५ जना भारतका विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई आजै माइक्रोबसमार्फत कोभिड अस्पताल विराटनगर र धरान लैजान तयारी भइरहेको छ ।
गाउँपालिकाले दिनदिनै कोरोना संक्रमितको संख्या थपिएसँगै उनीहरुलाई कोभिड अस्पतालसम्म पुर्याउनका लागि आजदेखि ३५ जना अट्ने गाडीको व्यवस्था गरेको वडा नम्बर ३ का वडाध्यक्ष विजय राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार सो गाडी पालिकाले एक महिनाको लागि भाडामा लिएको छ ।