झापामा ३१औं राष्ट्रिय बाल दिवस

  प्रकाशित मिति
२९ भाद्र २०७७, सोमबार १९:३६


झापा, २९ भदौ । ‘विपदमा बालअधिकारको सुनिश्चितताः हामी सबैको प्रतिवद्धता’’ भन्ने मूल नाराको साथमा आज मुलुकभर ३१औं राष्ट्रिय बाल दिवस–२०७७ विविध कार्यक्रमका साथ मनाइएको छ ।

नेपालकै पाँचौ र प्रदेश नं.१ कै पहिलो बालमैत्री नगर बन्न लागेको भद्रपुर नगरपालिकाले पनि नगरक्षेत्रका अन्तर मावि अनलाइन वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता एवम् विषय विज्ञहरुसँग अनलाइन सम्वाद कार्यक्रमको आयोजना गरी राष्ट्रिय बाल दिवस मनाइएको हो ।

‘बालमैत्री स्थानीय शासनमा बालबालिकाको भूमिका’ शीर्षकमा वक्तृत्वकला प्रस्तुत गर्ने ११ जना बालबालिकामध्ये प्रज्ञा एकाडेमीकी आर्जु बस्नेत प्रथम भएकी छिन् । त्यसैगरी वक्तृत्वकला प्रतियोगितामा विभूति विद्या मन्दिरकी रुक्सुम गुरागाई द्धितीय र विभूतिकै विदिशा ढकाल तृतीय भएका छन् भने हिमालय बोर्डिङ स्कूलका रोशन सिक्देल सान्वना भएका छन् । उद्धव विष्ट, गोपाल लिम्बु र जीवनकला राउत रहेको निर्णायक मण्डलले वक्तृत्वकला प्रतियोगिताको छनौट गरेका थिए ।

चित्रकला प्रतियोगितामा वभूति विद्या मन्दिरका हरदेव राजवंशी प्रथम, विदुर बोर्डिङ स्कूलका विगेन गुरुङ द्धितीय, एभरेष्ट स्कूलकी भेषजा खतिवडा तृतीय र विदुर बोर्डिङ स्कूलकी रिचा गुरुङ सान्तवना भएकका छन् । १० जना प्रतियोगीहरुले अनलाईन सहभागिता जनाएको चित्रकला प्रतियोगिताको पवन राजवंशी, अरिफ अली र अनिल प्रधानले निर्णायक भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी भद्रपुर नगरपालिकाको आयोजना तथा नगर बाल सञ्जाल भद्रपुरको सह–आयोजनामा अनलाइन सम्बवाद कार्यक्रमको आयोजना गरिएको छ । अनलाईन सम्वाद कार्यक्रममा भद्रपुर नगरपालिकाको नगर बाल सञ्जालका पूर्व अध्यक्ष सुशिल खत्रीले–‘बाल क्लब÷बाल सञ्जालमा रहँदाको अनुभव र आपूmमा आएको परिवर्तन’ को बारेमा ।

सञ्चारकर्मी दिपक अधिकारीले–‘बालअधिकार प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिका’ को बारेमा । सुनवन नगरपालिका पूर्व बालसञ्जाल अध्यक्ष तथा बाल अधिकारकर्मी बिपना शर्माले– ‘बालमैत्री स्थानीय शासन घोषणामा बाल सञ्जालको भूमिका र आप्mनो अनुभव’ को बारेमा । ईन्डिजेनियस टेलिभिजनका कार्यक्रम प्रस्तोता कुमार यात्रुले–‘नेपालमा बालअधिकारको स्थिति र बालबालिकाका लागि गरिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयासहरु’ को बारेमा ।

राष्ट्रिय बाल सञ्जालका पूर्व संस्थापक अध्यक्ष तिलोत्तमा पौडेलले–‘ बालमैत्री स्थानीय शासनको आवश्यक्ता र कार्यन्वयनका चुनौतीहरु’ को बारेमा भद्रपुर नगरपालिकाका उप–प्रमुख चन्द्रमाया श्रेष्ठले–‘बालबालिका सम्बन्धी नेपालका कानूनी व्यवस्था र बालमैत्री स्थानीय शासन नगर घोषणाका लागि भद्रपुर नगरपालिकाले निर्माण गरेको दस्तावेजहरु’को बारेमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले–‘बालमैत्री स्थानीय शासन अभियानमा भद्रपुर नगरका गतिबिधिहरुबारे जानकारी’ का बारेमा र जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले–‘विपदमा बाल अधिकार सुनिश्चितताका लागि हाम्रो भूमिका’ को बारेमा अनलाइन सम्वाद गरिएको थियो ।

नगर बाल सञ्जाल भद्रपुरकी अध्यक्ष आरध्या प्याकुरेलको सभापतित्व, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईको स्वागत मन्तव्य रहेको अनलाइन सम्वाद कार्यक्रमको सहजिकरण बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रमका फोकल व्यक्ति दिपक पाण्डेले गरेका थिए ।

यसैगरी, राष्ट्रिय बाल दिवसको अवसरमा दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा दिप प्रज्वलन गरिएको छ । विद्यालयको बाल क्लबको आयोजनामा सोमबार साँझ विद्यालयमा दिप प्रज्वलन गरिएको हो । कोभिड–१९ का कारण विविध कार्यक्रम गरी बाल दिवस मनाउन सम्भव नभएपछि कोरोना महामारीको अन्तयको कामना गर्दै दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक विश्व थापाले बताएका छन् ।

बाल क्लबका अध्यक्ष अभिषेक कटुवालको सभापतित्व तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर परिषद सदस्य लाल महमद मिया, विद्यालय व्यवस्थापन समितिका सदस्य मुनिलाल राजवंशी, शिक्षक मित्रलाल काफ्ले तथा बाल क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
बाल दिवसको यसवर्षको नारा ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ रहेको छ ।

त्यस्तै, राष्ट्रिय बाल दिवसको अवसर पारेर मेचीनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय इटाभट्टाले सोमबार नगरका दुईवटा बाल आश्रमहरुमा रहेका बालबालिकाहरुलाई फलफूल वितरण गरेको छ । नगरप्रमुख उपप्रमुख मीना पोखरेल उप्रेतीहितको प्रतिनिधि मण्डलले नगरको ७ नम्बर वडामा रहेको समाज सेवा सुधार अपाङ्ग संघ र १० नम्बर वडामा रहेको स्वबोध साधना केन्द्रमा रहेका बालबालिकाहरुलाई फलफूलसहित खाद्य सामाग्री वितरण गरेको नगरपालिकाका महिला विकास निरीक्षक जयन्ती खरेल लम्सालले बताइन् ।

यसवर्षको बालदिवसको नारा ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने रहेको थियो । बालबालिका देशका कर्णधार भएकाले उनीहरुको हकहित अधिकार रक्षाका लागि स्थानीय सरकार सधैभरि उनीहरुकै पक्षमा लाग्ने उपप्रमुख उप्रेतीले प्रतिवद्वता व्यक्त गरिन् ।

कार्यक्रममा स्वोबध साधन केन्द्रका अध्यक्ष बालकृष्ण थपलियाले नगरपालिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा मेचीनगर १३ नम्बर वडाका वडाध्यक्ष कृष्ण सिग्देललगायतको सहभागिता रहेको थियो । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा दिवस मनाउन थालिएको हो । उक्त महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ । बाल दिवसका दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको थियो ।

यता इनरविल क्ल्ब अफ मिडटाउन बिर्तामोडले राष्ट्रिय बाल दिवस एक समारोह बिच जुनकीरी प्राविमा मनाएका छन । रोटरी क्लब बिर्तामोडको भगिनी सस्था इनरविलका अध्यक्ष रेनु बंशलको सभापतित्व तथा प्रमुख अतिथि उद्योग बाणिज्य संघ बिर्तामोडका महासचिव र रोटरी क्ल्ब मिडडाउन बिर्तामोडका अध्यक्ष प्रसान्त भण्डारी थिए । कोरोना भाइरसले विदयालय बन्दाबन्दी भएको करिव छ महिना बितिसकेको छ ।

बालबालिकाहरु महामारीले बिद्यालय आउन नसकी रहेको बेला अर्जुनधारा ११ स्थित जुनकीरी प्रा बि तथा बन्दी सहायता नेपाल नेपालद्वारा संचालित मनमाया आमा बालगृहका १९ जना बालबालिकाहरुलाई २५ हजार बराबरको खाद्यान्न, कपडा, प्रदान गरेका छन भने रोटरी क्ल्ब मिट्डाउनका अध्यक्ष प्रशान्त भण्डारीले जुनकीरी प्राविलाई १७ हजार ५ सय बराबरको ५ थान सिलिङ फेन प्रदान गरेका प्रधानाध्यापक रन्जित परियारले बताए ।

विभिन्न कारागारमा कैदी जीवन बिताइरहेका अभिभावक तथा असाय बालबालिकाहरुसँग राष्ट्रिय बाल दिवस दिवस मनाउन आउनु हुने सम्पूर्णमा संस्थाका पुर्वाञ्चल अध्यक्ष जगतबहादुर मगरले धन्यवाद व्यक्त गर्दै संस्थाको बारेमा संक्षिप्त जानकारी गराए ।

कार्यक्रममा रमाइला नृत्य प्रस्तुत गरेका ? बालबालिकालाई उनीहरुको पढने, खेल्ने, खाने, लाउने, जस्ता कुरामा सेवा गर्न पाउदा ईश्वरको सेवा गरे झै लागेको अध्यक्ष बंशल बताउँदै बालबालिकाहरुलाई आउदा दिनमा अझै सहयोग गर्ने बताइन् ।

अतिथिहरु सस्थापक अध्यक्ष भुमिका पोख्रेल, प्रकृति न्यौपाने, सुजित बंशल, मनोज अग्रवाल, दिपेन्द्र पोखरेल लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रमको औचित्य बारे उपाध्यक्ष जमुना भुसालले प्रकाश पारेकोे कार्यक्रमको स्वागत विद्यालयको तर्फबाट प्रधानाध्यापक परियारले र सहजीकरण क्लबका सचिव सम्झना भण्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: