झापामा ३ हजार ३३६ को उम्मेद्वारी दर्ता

  प्रकाशित मिति
५ असार २०७४, सोमबार ११:०८


झापा । दोस्रो चरण अन्तरगत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै ३ हजार ३६६ जना उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

१५ वटै तहका अधिकृतहरुका अनुसार झापामा नगर प्रमुख र गाउँ अध्यक्ष पदमा १२९ जना, उपप्रमुख तथा उपाध्यक्षमा १६५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै १३१ वडाका अध्यक्ष पदका लागि ७३२ जनाले उम्मेद्वारी दर्ता गराएको अधिकृत पाण्डेले बताउनुभयो ।

महिला सदस्य पदका लागि ६०३ जना उम्मेद्वार दर्ता भएका छन् भने दलित महिला सदस्यका लागि ५१८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसैगरी खुल्ला सदस्य पदका लागि १ हजार २७६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

आइतबार भएको उम्मेद्वारी दर्तामा सबैभन्दा धेरै मेचीनगर नगरपालिकामा ३७७ जनाले उम्मेद्वार दर्ता गराएका निर्वाचन अधिकृत इन्दिरा शर्माले बताउनुभयो ।

त्यसैगरी, भद्रपुर नगरपालिकामा २९६ जना त्यस्तै दमक नगरपालिकामा २९१ जना, अर्जुनधारा नगरपालिकामा २८८ जना, शिवसताक्षी नगरपालिकामा २८३ जना, बिर्तामोड नगरपालिकामा २५३ जना, गौरादह नगरपालिकामा २२० जना, कन्काई नगरपालिकामा १९६ जनाले उम्मेद्वारी दर्ता गराएका सम्बन्धी नगरपालिकाका निर्वाचन अधिकृतहरुले जानकारी दिनु भयो ।

त्यस्तै गाउँपालिकाहरुमा सबै भन्दा बढी कमल गाउँपालिकामा १८३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

कचनकवल गाउँपालिकामा १७९ जना, गौरीगञ्ज गाउँपालिकामा १७७ जना, बाह्रदशी गाउँपालिकामा १७५ जना, बुद्धशान्ति गाउँपालिकामा १६९ जना, झापा गाउँपालिकामा १५६ जना र सबै भन्दा कम उम्मेद्वारी दर्ता भएको हल्दिबारी गाउँपालिकामा १२३ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
दर्ता भएका उम्मेद्वारहरु उपर कुनै दाबी बिरोध भए आज त्यसको निवेदन दिन सकिने र मंगलबार त्यसको छनबिन गरी उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत पाण्डेले जानकारी दिए ।
(झापा टाइम्स डट कमबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: