झापामा ४ जना स्थानीयलाई कोरोना

  प्रकाशित मिति
१९ आश्विन २०७७, सोमबार १७:१७


मेचीनगर, १९ असोज । झापामा आज एक जनाको मृत्युसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार थपिनेमा एकजना महिलासहित ४ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये बिर्तामोडका १ जना पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बिर्तामोड नगरपालिका–५ नम्बर वडाका ८२ वर्षका पुरुष, दमक नगरपालिका–५ र १ का ५१ र ५२ वर्ष उमेरका १ जना महिला र १ जना पुरुष र गौरादह नगरपालिका–६ नम्बर वडाका ६३ वर्षका पुरुषमा कोरोना संक्रमण भएको बताए ।

उनीहरु मध्ये बिर्तामोडका १ जना पुरुषको मृत्यु भएको छ । संक्रमित सबै स्थानीय रहेको चौलागाईले जानकारी दिए । गौरादहका संक्रमित बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेका छन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ९३५ पुगेको छ । ८३२ जना निको भएका छन् । हालसम्म झापामा १० जनाको मृत्यु भईसकेको छ । झापामा हालसम्म २६ हजार ८१८ जनाको स्वाबको नमुना संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: