झापामा ५ महिला प्रमुख पदका उम्मेद्वार

  प्रकाशित मिति
१३ जेष्ठ २०७४, शनिबार ०८:५९


mahila-netri

झापामा साना ठूला दल गरी चार जना महिलाले प्रमुख पदको उम्मेद्वारी पाएका छन् ।

जसमा नेकपा एमालेले कमल नगरपालिकामा मेनुका काफ्ले, हल्दिबारी गाउँपालिकामा मञ्जु सिटौला र नेपाली कांग्रेसले गौरीगञ्ज गाउँपालिकामा फुलमति राजवंशीलाई अध्यक्ष पदमा उम्मेद्वार बनाएका हुन् ।
१५ वटा स्थानीय तह रहेको झापामा नेपाली कांग्रेसले ८ तह र नेकपा एमालले ९ तहमा उम्मेद्वार चयन गरिसकेको छ ।
बाँकी रहेका तहमा महिलालाई उपप्रमुख पदमा सीमित बनाइएको छ ।

नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने जिल्लाभर उपप्रमुख पदमा मात्र महिलाको उम्मेद्वारी तय गरेको छ ।
त्यसैगरी नयाँ शक्ति पार्टी झापाले मेचीनगर र अर्जुनधारा नगरपालिकामा क्रमशः पनिता ढकाल र देवकला प्रसाईलाई मेयरको उम्मेद्वार चयन गरेको छ ।

३१ वटा दल दर्ता रहेको झापामा तीन वटा पार्टीबाट ४ जना मात्र उम्मेद्वार हुनु दुखद् रहेको अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष जसमाया गजमेरले बताइन् ।

उनले पितृसतात्मक मानसिकता तथा पुरातनवादी सोचका कारण महिलाहरु अझै पनि राजनीतिमा ओझेल पर्नु परेको बताइन् । उनले महिलाले चुनाव जित्न सक्दैनन् भन्ने दलका नेतृत्वमा घर गरेको छ त्यसकारण पनि महिलाले मुख्य पदको टिकट नै पाउन सक्दैनन् ।

उनले महिला आफूले पनि मुख्य पदको आकांक्षा राखेर जसरी जुन उत्साह र जाँगर साथ आउनुपर्ने हो त्यो यसपालीको चुनावमा नदिएको बताइन् ।

त्यसैगरी नेपाल महिला संघकी जिल्ला अध्यक्ष सुशीला ढकालले संविधानले दिएको अधिकार समेत निर्णायक तहमा महिला नहुँदा मुख्य पदबाट विमुख हुनु परेको बताइन् । उनले टिकट वितरण गर्ने स्थानमा पुरुष मात्र भएको कारण पनि महिलाको मुख्य पदको उम्मेद्वारका लागि पहँुच नै पुग्न नसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: