झापामा ६ स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना

  प्रकाशित मिति
१९ कार्तिक २०७७, बुधबार १९:४०


मेचीनगर, १९ कार्तिक । झापामा आज थप ६ स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सोमबार जिल्लाका ७ वटा पालिकामा ७ महिलासहित २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिर्तामोड नगरपालिकामा ३ महिलासहित ४ जना, भद्रपुर नगरपालिकामा २ जना पुरुष, गौरादह नगरपालिकामा १ महिलाहित ४ जना, मेचीनगरपालिकामा १ जना पुरुष, अर्जुनधारा नगरपालिकामा १ जना महिला, दमक नगरपालिकामा २ महिलासहित १० जना र कनकाई नगरपालिकामा १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

संक्रमित सबै जना स्थानीय रहेको कार्यालयले जनाएको छ । तीमध्ये गौरादह, मेचीनगर, अर्जुनधारा र कनकाईका १÷१ जना तथा दमकका ३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको उनले बताए ।

झापामा हालसम्म ३० हजार २७४ जनाको स्वाबको नमुना संकलन गरिएको छ । त्यसमध्ये २ हजार २४३ जना संक्रमित छन् भने सकृय संक्रमित ८०८ जना रहेको कार्यालयले जनायो ।

जिल्लामा हालसम्म ५६ जनाको मृत्यु भएको छ भने १ हजार ३७९ जना विभिन्न अस्पतालबाट निको भएर घर फर्किसकेको फोकल पर्सन चौलागाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: