झापामा ७५ प्रतिशत रोपाई सकियो

  प्रकाशित मिति
३० असार २०७७, मंगलवार १६:२२


भद्रपुर ३० असार । समयमै बर्षा भएकै कारण यसबर्ष झापामा ७५ प्रतिशत रोपाई भइसकेको छ । गतबर्ष मौसम अनुकुल नभकोले असार मसान्तसम्ममा ५० प्रतिशत मात्र रोपाई सम्पन्न भए पनि यसबर्ष मौसमले साथ दिएकै कारण ७५ प्रतिशतसम्म रोपाई सम्पन्न भएको हो ।

झापामा भदौको पहिलो सातासम्म धान रोप्ने चलन भए पनि मौसम अनुकुल भएकोले यस बर्ष साउनको पहिलो साताभित्र सम्पूर्ण रोपाई सकिने कृषि ज्ञान केन्द्र झापाका अधिकृत चेतराज भण्डारीले जानकारी दिए ।

यस बर्ष हिउँदे धान रोपाई असार १५ बाट निरन्तर सञ्चालन भइरहेको र सतप्रतिशत रोपाई सम्पन्न हुन सक्ने समेत कार्यालयले जनाएको छ । गतबर्ष हालसम्ममा ५० प्रतिशत र जम्मा ९७ प्रतिशत मात्र झापामा रोपाई भएको थियो ।

झापाको जम्मा ९९ हजार ७ सय १६ हेक्टर खेतीयोग्य जमिन मध्य ८७ हजार ५ सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ । २० हजार ९ सय ८२ हेक्टर जमिनमा बसोबास गरिन्छ भने १९ हजार ४ सय ५९ हेक्टर जमिन बन जंगलले ढाकेको छ ।

रेवतीराज घिमिरे

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: