झापामा ९९ संक्रमित, १५१ जना डिस्चार्ज

  प्रकाशित मिति
१६ भाद्र २०७८, बुधबार २२:२८


मेचीनगर, १६ भदौ । झापामा बुधबार पीसीआर र एन्टिजेनसहित ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर र एन्टिजेन टेष्ट गरेका ५९ महिलासहित ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन टेष्टबाट संक्रमित २ जना महिला हुन् ।

आजै एन्टिजेन र पीसीआरबाट मृत्यु भएकाहरु २ जना छन् । जस्मा बिर्तामोडका ८४ वर्षीय महिलाको बीएण्डसी अस्पतालमा र मोरङ बेलबारीका ४९ वर्षीय पुरुषको बीएण्डसी अस्पतालमा मृत्यु भएको छ ।

दमकमा ७ महिलासहित १५ जना, बिर्तामोडमा ४ महिलासहित १३ जना, गौरादहमा २ महिलासहित ४ जना, मेचीनगरमा ७ महिलासहित १० जना, भद्रपुरमा ७ महिलासहित १६ जना, कनकाईमा ४ महिलासहित ८ जना, हल्दीबारीमा २ जना महिला, अर्जुनधारामा १ महिलासहित ५ जना, बुद्वशान्तिमा १ महिलासहित २ जना, कमलमा ३ महिलासहित ७ जना, शिवसताक्षीमा ८ महिलासहित १० जना, बाह्रदशीमा १ म्हिलासहित ३ जना र झापामा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

योसँगै झापामा हालसम्मको पीसीआर टेष्ट ८०२६५, कुल संक्रमितको संख्या २२६३९, डिस्चार्ज २०६९१, आइसोलेसनमा १८२७ र जम्मा मृत्यु ५६७ जना रहेको कार्यालयले जनाएको छ ।

बुधबार पीसीआर गरेका २५९, एन्टिजेन टेष्ट गरेका ५, डिस्चार्ज भएका १५१, मृत्यु २ जना छन् । आजसम्मको एन्टिजेन टेष्ट संख्या १७८६५ र एन्टिजेन टेष्टबाट संक्रमित ५६९३ जना पुगेको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: