झापामै पहिलोपल्ट धुलाबारी क्याम्पसमा बीई पढाई हुने

  प्रकाशित मिति
६ आश्विन २०७९, बिहीबार १७:४७


मेचीनगर, ६ असोज । झापाको धुलाबारी क्याम्पसमा यसै वर्षदेखि इन्जिनियरिङ विषयको स्नातक तहको पठनपाठन हुने भएको छ ।

सिभिल इन्जिनियरिङको स्नातक तह (बीई) पढाई हुने यो झापाकै पहिलो सामुदायिक क्याम्पस हो ।

धुलाबारी क्याम्पसले आज अपरान्ह क्याम्पसमै पत्रकार सम्मेलन आयोजना गरी बीई कक्षाको पठनपाठन हुने विषयमा जानकारी दिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट बीई कक्षा सञ्चालनको अनुमति प्राप्त भएको र यही वर्षदेखि कक्षाहरु सुरु हुने क्याम्पसका प्रमुख पुष्प पौडेलले बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम खवासले झापाको शैक्षिक इतिहासमा धुलाबारी क्याम्पसको यो सफलता कोशेढुंगा सावित हुने बताउँदै क्याम्पसको स्थापना र सञ्चालनमा विगतदेखि नै सहयोग पुर्याउँदै आएका संस्थापक, जग्गादाता, राजनीतिक दल, शिक्षासेवी, प्राध्यापक, शिक्षक र सञ्चालक समितिप्रति आभार व्यक्त गरे ।

क्याम्पसमा बीई कक्षा सञ्चालनका लागि ल्याब, पुस्तकालय लगायतका पूर्वाधार तयार भइसकेको र पढाउनका लागि उत्कृष्ट जनशक्ति उपलब्ध रहेको क्याम्पसका इन्जिनियरिङ विभागका संयोजक रुद्र मैनालीले बताएका छन् ।

क्याम्पसमा यसअघि नै सीटीइभीटीबाट अनुमति लिएर आईटी र आर्केटिक विषयको ३ बर्षे इन्जिनियरिङ कक्षा सञ्चालन भइरहेको थियो । अब पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल विषयको स्नातक कक्षा पढाई हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: