झापालाई गुण लगाउन पाएँ : एसपी मैनाली

  प्रकाशित मिति
९ पुष २०७६, बुधबार ०८:२५


भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाबाट काठमाडौं सरुवा भएका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले झापा बसाइको १० महिनामा झापाबासीलाई गुण लगाउन पाएको भन्दै खुशी व्यक्त गरेका छन् । उनले अपराध नियन्त्रण र प्रहरीको आचरण सुधारमा आफ्नो विशेष ध्यान गएको बताए ।

जिल्ला प्रहरी कार्यालय झापाको सभाहलमा मङ्गलवार सञ्चारकर्मीहरुसँगको भेटमा एसपी मैनालीले झापाका रहँदा सञ्चारकर्मी लगायत सबै क्षेत्रको सहयोग पाएको बताए ।

उनले लागू औषध नियन्त्रण, चोरी तस्करी चौपाया नियन्त्रण लगायतम उल्लेखनीय सुधार गरेको चर्चा गरे ।

सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका २९ जना कार्यकर्तालाई पक्राउ गरेको र उनीहरुबाट धेरै विष्फोटक पदार्थ बरामद गरी जिल्लामा ठूलो घटना हुन नदिएको उनको भनाई थियो ।

उनले प्रहरी आचरण पालना नगर्ने झापाका ३८ जना प्रहरीलाई कारवाही गरिएको, राम्रो काम गर्ने ८ जना प्रहरी नमुना प्रहरीको रुपमा पुरस्कृत गरिएको र ६३ जना प्रहरी कर्मचारीलाई बिशेष तालिम प्रदान गरिएको बताए ।

उनले २ सय १२ जना प्रहरीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको वताउँदै चोरी तस्करीमा परेका २ सय ७४ वटा पशु चौपायलाई नियन्त्रणमा लिनुका साथै अबैध कार्य गर्ने विभिन्न व्यक्तिहरुलाई कारवाही गरी ४ करोड ३८ लाख २४ हजार ८ सय रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको उनले बताए ।

उनले १ सय १५ जना फरार अभियुक्तलाई पक्राउ गरी उनीहरुबाट १ करोड ६५ लाख ४० हजार ९ सय २ रुपैयाँ जरिवाना असुल गरेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: