झापा देशकै सबैभन्दा बढी साक्षर

  प्रकाशित मिति
१७ जेष्ठ २०७३, सोमबार १३:१६


2 3

1चन्द्रगढी । झापालाई देशको २७ औँ साक्षर जिल्लाका रुपमा सोमवार औपचारिक घोषणा गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय झापाद्वारा वीरेन्द्र उच्च मावि चन्द्रगढीमा आयोजित कार्यव्रmममा शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले ताम्रपत्रमा लेखिएको शब्द पढेर झापालाई साक्षर जिल्लाको रुपमा घोषणा गरेका हुन् ।

उक्त ताम्रपत्र शिक्षा मन्त्रीले जिल्ला शिक्षा कार्यालयलाई हस्तान्तरण समेत गरेका थिए । जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले साक्षर झापाको घोषणाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

१५ वर्षदेखि ६० वर्ष उमेर समूहका सम्पूर्ण जनसंख्याको ९८ दशमलव ३३ प्रतिशत जनसंख्या साक्षर भएको तथ्याङ्कको आधारमा झापालाई साक्षर जिल्ला घोषणा गरिएको हो । यो घोषणासँगै झापा देशकै सबैभन्दा बढी साक्षर भएको जिल्ला समेत बनेको छ ।

जिल्लामा ८९ हजार १ सय ८७ जना साक्षर भएका छन् । बाँकी रहेका १ दशमलम ६७ प्रतिशत मानिसलाई व्रmमश साक्षर बनाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरिएको छ । मन्त्री पोखरेलले प्रतिवद्धताको व्यानरमा हस्ताक्षर गरेर सुरुवात गरेका थिए ।

सोही अवसरमा साक्षर जिल्ला घोषणा गर्न सहयोग गर्ने ४ पत्रकार सहित ६० जना सामुदायिक अध्ययन केन्द्रलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतम, हिमशिखर टेलिभिजनका भूपाल लुइँटेल, कञ्चनजङ्गा एफएमकी भीमा सिवाकोटी र पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारी रहेका छन् । साथै अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले शिक्षा कार्यालय झापालाई प्रशंसा पत्रसहित सम्मान गरेको छ । साक्षर जिल्ला घोषणा गर्न योगदान दिएबापत सम्मान गरेको हो ।

कार्यव्रmममा विभिन्न विद्यालयका नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो । पञ्चेबाजासहित कार्यव्रmमस्थलमा सहभागि बनेका झापाका शिक्षा क्षेत्रका मानिसहरूले आआफ््नो संस्थाको व्यानरका साथ सहभागि बनेका थिए ।

शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आतिथ्यता तथा शिक्षा समिति झापाका अध्यक्ष स्थानीय विकास अधिकारी खेमराज ओझाको सभापतित्वमा सम्पन्न कार्यव्रmममा विशेष अतिथि अनौपचारिक केन्द्र नेपालका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेल, क्षेत्रीय शिक्षा निर्देशक केशवप्रसाद दाहाल, सांसद रविन कोइराला, नेपाल शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौलागाई, नेपाली काङ्ग्रेसका जिल्ला सभापति उद्धव थापा, सामुदायिक अध्ययन केन्द्र समन्वय समिति झापाका संयोजक रुद्रप्रसाद सिटौला, यसै वर्ष साक्षर भएकी ६२ वर्षिय बृद्धा डम्बरकुमारी खतिवडालगायतले झापालाई साक्षर जिल्लाका रुपमा घोषणा गर्न पाउँदा हर्षको अनुभूती भएको बताएका थिए ।

कार्यव्रmममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी उपरिक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी उपरिक्षक शान्तिकुमार कार्की, शिक्षा मन्त्रालयका उपसचिव पुष्प ढकाल, मोरङका जिल्ला शिक्षा अधिकारी देबेन्द्र खनाल, सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी, नेकपा एमालका जिल्ला अध्यक्ष चिन्तन पाठक, माओवादी केन्द्रका केन्द्रीय सदस्य झलकसिंह दर्लामीलगायतको उपस्थिति रहेको थियो ।
सहायक जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद खरेलले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले गरेका थिए ।

कसले के भने ?

शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले २०७४ सालसम्ममा देशका ७५ वटै जिल्ला साक्षर बनाउने तयारी भइरहेको बताएका छन् ।

सोमवार जिल्ला शिक्षा कार्यालय झापाले आयोजना गरेको साक्षर झापा घोषणा समारोहलाई चन्द्रगढीमा सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

‘हामी पूरै देशका जनतालाई साक्षर बनाउने तयारी गरिरहेका छौँ’ कार्यव्रmमका प्रमुख अतिथि समेत रहेका मन्त्री पोखरेलले भने–‘असारसम्मा ४५ वटा जिल्ला र आउँदो वर्षसम्ममा ३० वटा जिल्लालाई साक्षर बनाउने कार्यव्रmम अगाडी सारिएको छ, यो अभियानलाई सबै क्षेत्रबाट व्रिmयाशिल भएर नलागेसम्म साक्षर बन्न नसकिने भएकाले सबै जनतालाई साक्षर बनाउनका लागि सबै क्षेत्रबाट लाग्न आग्रह गर्दछु ।’

भर्खरै मात्र आएको बजेटप्रति असन्तुष्टी प्रकट गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा अप्रयाप्त बजेट भएकाले शिक्षाको विकास गर्न नसकिएको गुनासो गरे । सरकारले बजेट कार्यव्रmम सार्वजनिक गर्दा विगतको सरकाले छुट्याएको शिक्षको बजेट भन्दा कम भएकोप्रति उनले निरासा व्यक्त गरे ।

यसैगरी पछिल्लो समय सामुदायिक विद्यालयले समेत उत्कृष्ट शैक्षिक प्रगती गर्दै गए पनि त्यहि विद्यालयमा अध्यापन गर्ने शिक्षक, निजामती कर्मचारी एवम राजनीति नेतृत्वले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने गरेकाले अभिभावकले सामुदायिक विद्यालयलाई विश्वास गर्न नसकेको बताए । यसका लागि सबै आफ्ना नानीहरूलाई सामुदायिकमै पढाउन आग्रह गरे ।

नेपालको शिक्षा अझै पनि घोकन्ते शिक्षाका रुपमा रहेकाले यसलाई परिवर्तन गरेर अनुसन्धानमुलक शिक्षाका रुपमा विकास गर्नु पर्ने उनको भनाई थियो । मन्त्री पोखरेलले अझै गाउँ र शहरको शिक्षामा अन्तर भएकाले यो अन्तरलाई हटाउन प्रबिधियुक्त शिक्षालाई अघि सार्नु पर्ने बताए । साथै संस्थाागत विद्यालय र सामुदायिक विद्यालयको खाडल कम गर्नु पर्ने कुरामा जोड दिँदै संसथगत विद्यालय निर्देशकिका पालना नगर्ने जिशिअ, विनि, र स्रोत व्यक्तिलाई कार्यवहाीको दायरामा ल्याउने बताए । मन्त्री पोखरेलले अस्थायी शिक्षक, विद्यालय कर्मचारी, राहत शिक्षक र सहयोगी कार्यकर्ताहरूका समस्या प्रस्तावित शिक्षा विध्येयकले सम्बोधन गर्ने कुरा बताए । झापा साक्षर बन्न ढिलो भए पनि यसलाई यो अवस्था सम्म ल्याउन सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै उनले जिल्ला शिक्षा अधिकारीलाई बधाई व्यक्त गरे ।

यसैगरी क्षेत्रीय शिक्षा निर्देशक केशवप्रसाद दाहालले झापा हरेक क्षेत्रमा अब्बल रहेको जिल्ला भएकाले आफुलाई साक्षर जिल्ला घोषणा गरेर नयाँ आयम थपेको बताए ।

शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौलागाईले नेपालमा १७ थरीका शिक्षक भएकाले यो परिस्थिति भएसम्म शिक्षाले गति लिन नसक्ने बताए । उनले विद्यालयमा एकै प्रकृतिका स्थायी शिक्षक मात्र हुनु पर्ने, बालविकासमा रहेका सहयोगी कार्यकर्तालाई दरबन्दीमा रुपान्तरण गर्नु पर्ने, विद्यालय कर्मचारीको दरवन्दी कायम गरी नेपाल सरकारले तोकको सेवा सुविधा उपलब्ध गराउनु पर्ने, स्रोत केन्द्र व्यवस्थापनमा राज्यले गरेका उपेक्षालाई तत्काल अन्त्य गरी स्रोत व्यक्तिको स्थायी व्यवस्था, व्यवस्थापनको आवश्यक खर्च यथासिर्घ उपलब्ध गराउनु पर्ने, प्रधानाध्यापकको उचित सेवा सुविधासहति अधिकारी प्रदान गर्नु पर्ने शिक्षा मन्त्रीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: