झापाली काव्यतारामा पाँच छानिए

  प्रकाशित मिति
१२ बैशाख २०७३, आईतवार १०:५९


बिर्तामोड, वैशाख १२ । साहित्य विज्ञान प्रतिष्ठान नेपालले आयोजना गरेको जिल्लास्तरीय खुल्ला कविता प्रतियोगिता ‘झापाली काव्यतारा’मा पाँच जना छनोट भएका छन् ।

साहित्य विज्ञान प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति झापाद्वारा आयोजित प्रथम झापाली काव्यतारा र बालताराको खोजी नाम दिइएको उक्त प्रतियोगितामा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, गरामनीकी अञ्चला सुवेदी, दमकका विष्णु न्यौपाने, बिन्दु दाहाल, दीपा दाहाल छनोट भएका हुन् ।

यसअघि उक्त प्रतियोगिता धनकुटामा समेत सम्पन्न भएको थियो । कार्यव्रmममा छनोट भएका झापाली काव्यतारालाई धनकुटेली काव्यताराहरु मनु विश्वकर्मा केजी सुब्बा, उत्तम लिम्बू, टेकनाथ न्यौपाने, जगमाया मादेनले स्वाभिमानको निशाना स्वरुप नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा छनोट भएका काव्यतारालाई आगामी जेठ ८ गते काठमाडौंमा हुने प्रतिष्ठानको दोस्रो वार्षिकोत्समा सामुहिक नगद ५० हजार, सोही दिन विमोचन हुने १ दर्जन साहित्यिक कृतिहरु, प्रमाणपत्र, संस्थाको लोगो अंकित नेपालको राष्ट्रिय झण्डा प्रदान गरिने बताइएको छ ।
प्रतिष्ठानका महासचिव रसिक किराँत, कार्यालय सदस्य हेमा अधिकारी, मेची क्याम्पसका प्राध्यापक लीलापं्रसाद अधिकारी रहेको निर्णायक मण्डलले उक्त छनोट गरेको हो ।

प्रतिष्ठानका झापा अध्यक्ष टीकाराम आचार्यको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यव्रmममा प्रतिष्ठानका झापा सचिव ताराप्रकाश भट्टराईले स्वागत गरेका थिए ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सगोत्री आचार्यले प्रतिष्ठानको उद्देश्य र कार्यव्रmमको औचित्यमाथि प्रकाश पारेको कार्यव्रmममा गीतकार शिवशङ्कर थापा, साहित्यकार केशव आचार्य, रोहिणीविलाश लुइँटेल, चुडामणि वशिष्ठ, प्रतिष्ठानका धनकुटा अध्यक्ष मुकुन्द प्रयास, अशोक प्रज्ज्वल, केन्द्रीय उपमहासचिव रोशन परियार, झापा उद्योग बाणिज्य सङ्घ बिर्तामोडका अध्यक्ष बलराम कार्की लगायतको आतिथ्य रहेको थियो ।

सोही कार्यव्रmममा झापाली बाल ताराको समेत प्रतियोगिता गराइएको थियो । विभिन्न विद्यालयका ४० जना बालबालिकाको सहभगिता रहेको कार्यव्रmममा बालबालिकाहरुले आ—आप्mनो प्रतिभा अनुसार चित्र, निवन्ध, कविता, गीत, नृत्य प्रस्तुत गरेको प्रतिष्ठान झापाका शिशिर सिंखडाले जानकारी दिए । कार्यव्रmममा राष्ट्रिय गायक धनु ज्ञाङमी, निशान सिंखडाले गीतसमेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: