झापाली महिलाको अमेरिकामा निधन

  प्रकाशित मिति
३२ श्रावण २०७३, मंगलवार १४:४७


Manu Dulal

गरामनी । एकै परिवारका ५ जनाको ज्यान लिने गरी वि.सं. २०५० सालमा टिम्बुरे हत्याकाण्डमा जोगिएका ज्ञानु र मनु दुलालमध्ये मनुको आइतबार निधन भएको छ । मनु दुलाल प्रसाईको अमेरिकाको न्यु ह्याम्सायरको इलियट अस्पतालमा निधन भएको हो ।

सन् २०१४ मा उनी श्रीमान् नरेश प्रसाई, छोरा ११ वर्षीय निसम र छोरी निष्ठाका साथ अमेरिका गएकी थिइन् । अस्पतालले मनुलाई ब्रेन स्ट्रोक भएको बताएको छ । मनुका पिता कुवेर दुलाल, आमा सरस्वती रिजाल, बहिनी कृष्ण दुलालसँगै भाइहरु उमेश र उद्धव दुलालको टिम्बुरे हत्याकाण्डमा ज्यान गएको थियो ।

२०५० साल बैशाख १७ गते पाँचथरको लुङ्रुपा–९ का कुवेर दुलालको परिवारका ५ जना सदस्यलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटना टिम्बुरे हत्याकाण्ड नामले परिचित छ । बुबा, आमा र भाइबहिनीको हत्या भएका बखत मनु नाङ्गीनको पिपलबोटे उच्च माविमा पढ्थिन् । ज्ञानु इटहरीस्थित आफन्तको घर गएकी थिइन् । झापा गरामनीका नरेश प्रसाईसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: