झापाली समाज युएईको अध्यक्षमा कार्की

  प्रकाशित मिति
१२ पुष २०७७, आईतवार १४:५७


मेचीनगर, १२ पुस । झापाली समाज युएईको अध्यक्षमा युएईका सामाजिक अभियन्ता दुर्योधन कार्की सर्वसम्मत चयन भएका छन् ।

गत शुक्रबार भएको भर्चुअल तेस्रो अधिवेशनबाट अध्यक्षमा कार्की चयन भएका हुन् ।

अध्यक्ष कार्की एनआरएनए युएईको अबुधाबी क्षेत्रका पुर्वअध्यक्ष समेत हुन् । युएईको नेपाली सामाजिक गतिविधिमा सक्रिय तथा प्रष्टवक्ताको छवि बनाएका कार्की झापाको भद्रपुर–९ निवासी हुन् ।

समितिको प्रथम उपाध्यक्षमा खगेन्द्र बुढाथोकी, द्वितीय उपाध्यक्षमा कृष्ण फुयाल, महिला उपाध्यक्षमा विश्नुमाया दंगाल, महासचिवमा दिनेश नेपाल, सचिवद्वयमा लोकनाथ कोइराला र प्रशान्त ताजपुरिया चयन भएका छन् ।

त्यस्तै समितिको कोषाध्यक्षमा प्रेमकुमार अधिकारी, सहकोषाध्यक्षमा काशीनाथ ढकाल तथा केन्द्रीय सदस्यमा उज्ज्वल दाहाल र भीमप्रसाद प्याकुरेल चयन भएको झापाली समाज युएई तेस्रो अधिवेशन निर्वाचन समितिका संयोजक मेघराज सापकोटाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाले सामाजिक सेवाको क्षेत्रमा समर्पित हुन अझै प्रेरणा मिलोस भन्दै झापालीको मात्रै नभएर सारा नेपालीहरुको सुख दुःखको सारथि बन्न सकोस भन्नेमा जोड दिएका थिए ।

अध्यक्ष अशोक चापागाईले आफ्नो कार्यकालमा १३ लाख रुपैयाँको असहाय बालबालिकाका लागि अक्षयकोष र १० लाख रुपैयाँको आजीवन सदस्य अक्षयकोस नेपालमा जम्मा गर्न सफल भएको बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा मध्यपुर्व संयोजक नवीन पोखरेल, नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, एनआरएनए युएई एवम् आजिवन सदस्य निश्चल दाहाल, अन्तर्राष्ट्रिय झापाली समाजका सचिव तथा झापाली समाज युएईका संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेल, नेपाल पत्रकार महासंघ युएई शाखा उपाध्यक्ष मेघराज सापकोटा, प्रगतिशील नेपाली समाज युएईका अध्यक्ष जीवन दास लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

नवनिर्वाचित अध्यक्ष कार्कीले एकता, सहयोग र सहकार्यको भावनालाई अझै गतिशीलता दिने र झापाली समाज युएईको विगतको गरिमालाई उच्च राख्ने प्रतिवद्वता समेत व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव अमरराज राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: