मेचीनगर, ३० चैत । २०७६ सालको अन्तिम दिन आइतवारसम्म झापा जिल्ला मात्र नभएर पुरै १ नं. प्रदेश कोरोना भाइरसको संक्रमणबाट मुक्त छ । अहिलेसम्म जाँचिएका सबै नमुनामा कोरोना भेटिएको छैन ।
विहीबार झापाको तीन क्वारेन्टाइन र एक आइसोलेसनमा बसेका १८ जना व्यक्तिबाट थ्रोट स्वाब संकलन गरिएको थियो । ती सबै नमुनाको रिपोर्ट आइतवार नेगेटिभ आएको हो ।
स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत जीवन चौलागाईले प्रदेश नं. १ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पठाइएको १८ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको बताए ।
झापामा अहिलेसम्म जाँचिएका सबै र्यापिड टेस्टको रिपोर्टले पनि कोरोना नभएको पुष्टि गर्दै आएको छ ।