झापा उद्योगको कार्यसमिति विस्तार

  प्रकाशित मिति
८ माघ २०७६, बुधबार १९:२३


भद्रपुर । झापा उद्योग वाणिज्य सङ्घको कार्यसमिति विस्तार भएको छ । नवनिर्वाचित कार्यसमितिको मङ्गलबार सम्पन्न पहिलो बैठकले विशिष्ट सदस्यसहित केही सदस्य मनोनित गरेको छ भने सल्लाहकार समिति पनि गठन गरेको छ ।

सङ्घका नवनिर्वाचित अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा सम्पन्न बैठकले युवा उद्योगी अजय साहेवालालाई विशिष्ट सदस्यमा मनोनित गरेको छ ।

पदलाई कार्यसमितिको तेस्रो वरियताको मान्यता दिइएको छ । साहेवाला पुस २० गते सम्पन्न सङ्घको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए । उनी ६ मतको झिनो अन्तरले पनेरुसँग पराजित भएका थिए ।

सङ्घको विधान अनुसार बैठकले कार्यसमितिमा अरु पाँचजना मनोनित गरेको छ । भूगोल, उद्योग र व्यवसायसमेतलाई समेटेर बैठकले सुमन मैनाली, गोपाल खनाल, माधव विद्रोही, बाबुराम पराजुली र भगवान बस्नेतलाई सदस्यमा मनोनयन गरिएको नवनिर्वाचित महासचिव पङ्कजकुमार शर्माले जानकारी दिए ।

यसैगरी, बैठकले चन्द्र कोइराला, सुरज साह कसेरा र अविनाश नाहाटालाई आमन्त्रित सदस्य मनोनित गरेको छ भने नवनिर्वाचित महिला सदस्य शीला तामाङको अध्यक्षतामा महिला उद्यम समिति निर्माण गरेको छ ।

मितिको प्रथम उपाध्यक्षमा सीता ढकाल र सचिवमा कमला दुवाडी रहेका छन् । सो समितिले सदस्यहरु विस्तार गर्नेछ ।

बैठकले अग्रज उद्योगी–व्यवसायीहरु कालीचरण बस्नेत, इन्द्रकान्त झा, सुभाषरत्न शाक्य, महेश मित्तल, लक्ष्मण जमरकट्टेल र रमेश पराजुलीलाई सल्लाहकार समितिमा मनोनित गरेको छ भने आवश्यकता अनुसार सदस्यहरु थपघट गर्न सक्ने निर्णय गरिएको सङ्घका अध्यक्ष पनेरुले जानकारी दिए ।

बैठकले उद्योगी–व्यवसायीको हित तथा उद्योग–व्यवसाय प्रबर्धनका लागि रचनात्मक क्रियाकलापलाई तिव्रता दिइने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विभिन्न कार्यक्रम गर्ने पनि निर्णय गरेको नवनिर्वाचित वाणिज्य उपाध्यक्ष सन्तोष धमलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: