झापा काङ्ग्रेसले र्‍यालीमा १५ हजार मोटरसाइकल उतार्ने

  प्रकाशित मिति
२२ मंसिर २०७७, सोमबार १८:१९


झापा, २२ मंसिर । नेपाली कांग्रेस झापाले सर्वसत्ताबादी बन्दै गएको वर्त्तमान नेकपा सरकारको गतिविधिको विरोध गर्न आगामी मंसिर २९ गते निकाल्ने विरोध र्‍यालीमा १५ हजार मोटरसाइकल उतार्ने दावी गरेको छ ।

आज विर्तामोडमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला सभापति उद्धव थापाले १५ हजार मोटरसाइकल र्‍यालीमा सहभागी गराइने र कनकाईको सुरुङ्गाबाट विर्तामोडसम्म र्‍याली हुने जानकारी दिए ।

मंसिर १७ गते तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले हिरासतमा लिएको र हातपात समेत गरेको घटनाले नेकपा सरकारको सर्वसत्ताबादी चरित्र उदांगो भएको भन्दै थापाले त्यसकै विरोध गर्न कोरोना महामारीको बेला पनि सडकमा उत्रिन बाध्य हुनुपरेको बताए ।

सो दिन मुलुकका ७७ जिल्लामै विरोध प्रदर्शन हुने र केन्द्रबाट खटिएका वक्तासमेत सहभागी रहने उनले जानकारी दिए ।

विरोध र्‍याली सफल बनाउन उनले सम्पूर्ण लोकतन्त्रबादी शक्तिलाई आग्रह गरे ।

लोकतान्त्रिक गणतन्त्रको रक्षा, संसद् अधिवेशनको आह्वान, भ्रष्टाचारको विरो र पार्टीका वरिष्ठ नेता पौडेलमाथि भएको दूव्र्यवहारको विरोधमा र्‍याली निकाल्ने निर्णय भएको थापाको भनाई थियो ।

पार्टीका उपसभापति राम कट्टेलले स्वागत मन्तब्य र जिल्ला नेता तारावीर कटुवालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकराज ढकाल, प्रेस युनियनकी जिल्ला अध्यक्ष इन्दु पूर्वेली, जिल्ला नेता पदम प्रसाई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: