झापा । गणतन्त्र दिवसको अवसर पारेर आज झापा जिल्ला कारागारबाट ३० जना कैदीबन्दी मुक्त भएका छन् ।
जिल्ला कारागारका प्रमुख लोकराज निरौलाका अनुसार विभिन्न मुद्दामा कारागारमा रहेका ३० कैदीबन्दी मुक्त भएका हुन् ।
उहाँले कृतव्य ज्यान मुद्दाका ८ जना, बहुविवाहका ५ जना, ज्यान मार्ने उद्योगका ५, वन पैदावार हानी नोक्सानी र ओसार पसार सम्बन्धी मुद्दाका ४ जना, चोरी मुद्दाका २ जना र सवारी ज्यान मुद्दाका ६ जना गरी ३० जना कैदी बन्दीको रिहा भएको बताए ।