विर्तामोड । सर्वाधिक पुरस्कार राशीको प्रथम रमपम झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लवले चुमेको छ ।
शनिबार डोमामाल रंगशालामा भएको फाइनल खेलमा झापा ११ लाई १–० ले पछि पार्दै आर्मी क्लवले उपाधि चुमेको हो । उपाधिसँगै आर्मी क्लवले नगद रु. ६ लाखसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
खेल सुरु भएको १८ औँ मिनेटमा स्ट्राईकर नवयुग श्रेष्ठले विभागीय टिमलाई अग्रता दिलाएका थिए । विमल राना मगरको पासलाई सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने आर्मीले झापा ११ लाई घरेलु मैदानमा पराजित गरेको छ । घरेलु मैदानमा उपविजेता बनेको झापा ११ ले नगद रु ३ लाख, मेडल र प्रमाणप्रत्र प्राप्त गरेको छ । यही चैत १८ गतदेखि सुरु भएको प्रतियोगितामा १० वटा टीमले सहभागिता जनाएका थिए ।