झापा गोल्डकपको उपाधि मनाङलाई

  प्रकाशित मिति
२४ माघ २०७३, सोमबार १९:१४


jhapa gold cup

बिर्तामोड । खेलको ६३ औँ मिनेटमा विदेशी खेलाडी ओलावालेले गरेको निर्णायक गोलसँगै लक्ष्मी हुण्डाइ मनाङ मस्र्यादी क्लब काठमाडौँ दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

सोमवार विर्तामोडको डोमालाल राजवंशी रङ्शालामा सम्पन्न फाइनल खेलमा आयोजक रमपम झापा ११ लाई १–० को झिनो गोलअन्तरले स्तब्ध पार्दै मनाङले उपाधिमाथि कब्जा जमाएको हो जीतसँगै मनाङ मौफसलकै सवार्धिक राशीको पुरस्कार ७ लाखको हकदार बनेको छ ।

नगदसहित मनाङले शिल्ड, प्रमाण पत्र तथा ट्रफी प्राप्त गर्यो । उपविजेता बनेको झापा–११ ले नगद ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो । झापा–११ अघिल्लो पटकको झापा गोल्डकपमा पनि उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: