झापा गोल्डकपको हिसाव 

  प्रकाशित मिति
१८ जेष्ठ २०७३, मंगलवार ०१:१५


hom pandeआम्दानी : ८२ लाख १७ हजार
खर्च        :  ५७ लाख ४३ हजार
बचत       : २४ लाख ७३ हजार

विर्तामोड । चैतमा सम्पन्न ‘रमपम झापा गोल्ड कप’ प्रतियोगितामा आयोजकले २४ लाख ७३ हजार ९ सय ७ रुपैयाँ बचत गरेको छ ।
प्रतियोगिताको मूल आयोजक समितिले सोमवार विर्तामोडको होटल अर्किडमा पत्रकार सम्मेलनमार्फत हिसावकिताव सार्वजनिक गर्दै बचत रकम बारे जानकारी दिएको हो ।

प्रतियोगितामा विभिन्न स्रोतबाट ८२ लाख १७ हजार ७ सय ७ रुपैयाँ आम्दानी भएको र ५७ लाख ४३ हजार ८ सय रुपैयाँ खर्च भएको थियो ।
पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष होम पाण्डेले हिसावकिताव सार्वजनिक गरेका थिए । सो अवसरका समितिका महासचिव गणेश बस्नेत, कोषाध्यक्ष केदार गिरी, रमपम झापा एघार तथा झापा जिल्ला फुटवल सङ्घका अध्यक्ष जेके गुरुङ, सदस्य मीनप्रकाश मैनाली, विनोद बस्नेत, बलराम कार्की लगायत आयोजक समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष पाण्डेले पत्रकारहरूले राखेका विभिन्न जिज्ञासाको जवाफ दिएका थिए । उनले प्रतियोगिता शानदर रुपमा सफल भएको र आगामी वर्ष पनि यसले निरन्तरता पाउने अवस्था बनेको धारणा सुनाए ।

समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख भए अनुसार स्वघोषित आयबाट १२ लाख ४६ हजार, प्रायोजक दाताबाट २७ लाख ५८ हजार ३ सय ७९, सिजनल टिकट विक्रीबाट १ लखा ७३ हजार, साना व्यानरबाट ९० हजार र गेट टिकट विक्रीबाट ३९ लाख ५० हजार ३ सय २८ रुपैयाँ आम्दानी भएको छ ।

यसैगरी, खेलाडी टिममा २७ लाख ३५ हजार, खेलाडी बोनसमा १ लाख, खेलाडी यातायातमा ८८ हजार २ सय ८५, खेलाडी औषधिमा १७ हजार ४ सय ३५, अफिसियल÷अतिथि खर्चमा २ लाख, आवस व्यवस्थापनमा ४ लाख २९ हजार ८ सय ५०, मैदान मेन्टेनेन्समा २ लाख ५ हजार, प्याराफिट निर्माणमा ४ लाख ३० हजार र सेक्युरिटीमा १ लाख ५६ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।

प्रविधिकतर्फ २ लाख ७४ हजार ३ सय ३०, प्रचार प्रसारमा ४ लाख, छपाइ तथा सम्मानमा २ लाख ८६ हजार ९ सय, पुरस्कारमा ५० हजार, मोटरसाइकल पुरस्कार र म्यान अफ दी म्याचमा १ लाख ८१ हजार र भुक्तानी दिन बाँकीमा १ लाख ९० हजार रुपैयाँ खर्च भएको आयोजकले सार्वजनिक गरेको छ ।

बचत भएको रकम डोमालाल रङ्गशाला मर्मत र फुटवल क्लवको स्तरोन्नतिमा खर्च गरिने जनाइएको छ ।
प्रतियोगितामा दर्शकको सहभागिता बढाउन सञ्चार जगतबाट भएको सहयोगका लागि आयोजकले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: