झापा गोल्डकपको नाफा ५० लाख

  प्रकाशित मिति
१ चैत्र २०७३, मंगलवार २०:२४


rampam

कनकाई । मोफसलकै सर्वाधिक पुरस्कार राशीको दोस्रो रमपम झापा गोल्डकपबाट ५६ लाख २१ हजार ५३२ रुपैयाँ नाफा भएको छ ।

गोल्डकप मूल आयोजक समितिले मङ्गलवार पर्यटकीयस्थल कनकाईको जामुनखाडीमा कार्यक्रमको आयोजना गरी हिसाब सार्वजनिक गरेको हो । आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले गोल्डकपमा १ करोड ४४ लाख ९३ हजार २५६ रुपैयाँ आम्दानी र ८८ लाख ७१ हजार ७२४ रुपैयाँ खर्च भएको प्रतिवेदन सार्वजनिक गरे ।

दोस्रो संस्करणको झापा गोल्डकप गत माघ १५ देखि २४ गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन भएको थियो । ७ लाख पुरस्कार राशीको प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दीले जित्दा आयोजक टोली झापा–११ उपविजेता बन्दै नगद ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको थियो । आयोजक समितिले यसपटक झापा गोल्डकपको सम्पूर्ण विवरण समेटेर ३६ पेजको स्मारिकासमेत प्रकाशन गरेको छ ।

कार्यक्रममा झापा–११ का अध्यक्ष एवम् एन्फाका केन्द्रीय सदस्य जलकुमार गुरुङले घरेलु टोली झापा–११ चर्चाको शिखरमा पुगेको बताए । आगामी दिनमा झापा ११ ले विदेशी क्लबहरुसँग पनि फुटबल खेल्ने गुरुङले विश्वास व्यक्त गरे ।

झापा गोल्डकप मूल आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सांसद् सुधीरकुमार शिवाकोटी, काङ्ग्रेस झापाका निवर्तमान उपसभापति देउमान थेबे, एमाले झापाका अध्यक्ष चिन्तन पाठकलगायतले बोलेका थिए ।

आयोजक समितिका उपाध्यक्ष बलराम कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासङ्घ झापाका सहसचिव केशव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: