गोल्ड कपलाई तीन लाख सहयोग

  प्रकाशित मिति
२४ चैत्र २०७२, बुधबार ०७:५५


कतार, २४ चैत । वैदेशिक रोजगारीको क्रममा विगत १० वर्षदेखि कतारमा कार्यरत झापा विर्तामोडका राजन श्रेष्ठले मोफसलकै सर्वाधिक राशिको रमपम झापा गोल्ड कप–२०७२ लाई द्वितीय पुरस्कार रु तीन लाख सहयोग प्रदान गरेका हुन् ।

नेपाली फुटबल टिम कतारका उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठ सानैदेखि खेलमा रुचि राख्ने र नेपाली खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन कतारमा समेत निरन्तर सक्रिय रहँदै आएका छन् ।

नेपाली फुटबल खेलको स्तरोन्नतिका लागि आफ्नो ठाउँबाट सबैले सकेको सहयोग गरिएमा नै नेपाली खेलकुदले विकास गर्ने आशा लिएर उक्त रकम सहयोग गरेको श्रेष्ठले बताए ।

चैत १८ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमबीच प्रतियोगिता झापामा सुरु भइरहेको छ । अन्तिम फाइनल खेल चैत २७ गतेदेखि हुनेछ । उक्त प्रतियोगिताका लागि प्रथम पुरस्कार रु ६ लाख छ भने सहारा नेपाल ९साकोस० सहयोग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: